इटहरीको परिवर्तन साकोसमा प्रदेश सहकारी रजिष्ट्रार कार्यलय र इटहरी उपमहानगरको सयुक्त अनुगमन

इटहरी ।  इटहरी उपमहानगरपालिका भित्र रहेको तर प्रदेश सहकारी रजिष्टारको नियमन अन्तर्गत पर्ने इटहरीको परिवर्तन बचत तथा ऋण सहकारीमा बुधबार अनुगमन गरिएको छ ।

प्रदेश सहकारी रजिष्ट्रार कार्यलय इनरुवा सुनसरीका निमित्त रजिष्ट्रार हरिबहादुर खत्री, सहितको टोली साथै इटहरी उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख बालकुमार पोखरेल र सुमन पौडेल सहितको टोलीले अनुगमन गरेको हो ।

सहकारी संस्था बिधि र पद्धतिमा चलेको छ कि छैन भन्ने हेर्न बुझ्न र सहकारीमा सर्वसाधारण बचत कर्ताले राखेको बचतको सुरक्षाका लागि सतर्क गराउन सहकारीको अनुगमन गरिएको इटहरी उपमहानगरको सहकारी शाखा प्रमुख बालकुमार पोखरेलले बताए ।

अनुगमनका क्रममा परिवर्तन बचत तथा ऋण सहकारी संस्था परिवर्तन उत्थान नामक संस्थाबाट नाम परिवर्तन भई सञ्चालन भएको पाईएको थियो भने सञ्चालक समितिका पदाधिकारी बाहेकको ऋण समिति रहेको पाइएको थियो ।

 

संस्थाले सर्वसाधारण बचत कर्ताको बचतको सुरक्षा गर्नुपर्ने र जसमा सदस्यले बचत गरेको रकम सदस्यलाई आवश्यक परेको खण्डमा फिर्ता दिन सक्नेगरी चलाउने पर्ने सुझाव निमित्त रजिष्ट्रार हरि बहादुर खत्रीले दिएका थिए ।

जिल्ला बचत संघ सुनसरीका अध्यक्ष गंगा प्रसाद दाहाल, बचत संघ सुनसरीकी अध्यक्ष योगमाया सुवेदी समेतको टोलीले संस्थालाई संस्थाको साधारण सभा, संचालक समितिको बैठकमा पेश गनुपर्ने एजेण्डा लगायतको विषयमा सहकारीलाई अवगत गराएका थिए ।

अनुगमन अधिकारीले संस्थालाई केहि आवश्यक कागजात सहित सहकारी रजिष्ट्रारको कार्यलय इनरुवामा आउन आग्रह गरेको छ भने मासिक तथा चौमासिक प्रतिवेदनको एक कपि इटहरी उपमहानगरमा समेत बुझाउन निर्देशन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.