प्रान्जली सापकोटा ।
दानेन भुतानी वशी भवन्ति दानेन वैराण्यपि यान्ति नाशम् ।
परोअपि विश्वबन्धुत्व दानैर दान हि सर्वेव्यसनानि हन्ति ।।
असमानता र कठिनाइहरूको चिन्ह लगाइएको यस संसारमा, दानको कार्य एक आशा र करुणाको ज्योतिको रुपमा चम्कन्छ । हिन्दु सनातन धर्म र दर्शनको अनुरुप दान एक परोपकारी शक्तिशाली अभिव्यक्ति हो , जसले हरेक मनुष्यलाई आफ्नो वशमा राख्दछ, दान नै यस्तो कार्य हो जसले शत्रुलाई पनि आफ्नो सङ्घि वनाउँछ र हरेक संकटको सामना गर्दछ ।
दान एक मात्र कार्य हो जुन मनुष्यको शरिर र आत्माको वियोग पश्चात समेत सम्भव छ। यस्तो वस्तुको दान जुन व्यक्तिको जीवन पश्चात व्यर्थ रहे तापनि कसैको लागि त्यो अमूल्य अमृत बन्न सक्छ र त्यो हो अंगदान (Organ Donation) ।विभिन्न हिन्दु ग्रन्थ र पुरातन कालदेखि नै यस प्रकारको दान चर्चामा रहि आएको छ । जब भगवान गणेशले शिवलाई आफ्नो निवासमा प्रवेश गर्न दिन अस्विकार गरे तब शिवले करोधमा गणेशको शिर काटे । पौराणिक कथा अनुसार हात्ति पहिलो जनावरको रुपमा फेला परेकाले त्यस शिर गणेशलाई ल्याएर दिए त्यसैले उनलाई गजानन पनि भनिने गरिन्छ ।
पौराणिक कालदेखि नै प्रचलनमा रहेको यस कार्य आज विज्ञान र उन्नत प्रविधिको युगमा समेत शाश्वत छ। अंशदानलाई वर्तमान दृष्टिकोणमा एक महत्वपुर्ण र जिवन रक्षाको रुपमा हेरिने गरिन्छ । अंग प्रत्यारोपण आधुनिक चिकित्साको एक महान प्रगति हो । वर्तमानमा अंगदान एक कानुनी रुपी कार्यको , जहाँ एक व्यक्तिले आफ्नो अंग हटाउन र अर्को व्यक्तिलाई प्रत्यारोपण गर्न अनुमति दिन्छ ।
आज अधिकांश देशहरुमा विभिन्न अंग प्रत्यारोपण संघ सस्था र कार्यक्रमहरुको सञ्चालन भएका छन् जसले अंगदान र प्रत्यारोपण गर्न, जीवनको गुणस्तर सुधार गर्न र अंग विफलता भएका अनगिन्ती बिरामीहरुको जिवन बचाउन मद्दत पुर्याउदछ । यो ५ दशकको अन्तरालमा प्रत्यारोपण एक सफल विश्वव्यापी अभ्यास बनेको छ। यधपि अंग दानको प्रक्रिया विगतको समयमा वर्तमान जस्तो समान थिएन ।सन १९५० को दशकमा नेफ्राइटिस लगायतका निको नहुने रोगहरूका लागि अन्य कुनै चिकित्सा विकल्प नभएका , वैज्ञानिकहरु, शल्य चिकित्सकहरु र उदार बिरामीहरुको टोलीले मानवमा पहो सफल मृगौला प्रत्यारोपणको क्षेत्र खोले। १९५४ मा पहिलो सफल प्रत्यारोपणपछि वैज्ञानिक आविष्कारहरूले प्रत्यारोपणको पौराणिक अवधारणालाई वास्तविकतामा परिणत गरेको छ।
ईसापूर्व १५५० मा प्रत्यारोपणको पहिलो लिखित एबर्स पापी रुस (Ebers Papyrus) को लेखनलाई श्रेय दिइएको छ , जहाँ इमाटिटिस एक्जिम को उपचारको लागि छाला कलम (Skin Grafting) को बारेमा उल्लेख गरिएको छ । त्यसैगरी ‘द मिरेकल अफ द ब्लयाक लेग’ मा ज्याकोबस डे वोरागिनको ३४८ विज्ञापन लेजेन्डा ओश्यिबाट, अंग प्रत्यारोपणलाई पहिलो पटक लिखित साहित्यमा उल्लेख गरिएको थियो।
यस कथामा औषधि, फार्मेसी र शल्यक्रियाका इसाई संरक्षक सन्तहरू, कोसमस र डेमियनले रोमन डिकनको क्यान्सर भएको खुट्टालाई हालै मृतक इथियोपियन मानिसको साथ बदल्छ भन्ने कुरा उल्लेखित छ। यसरी विभिन्न पुरातन पुस्तिकाहरू देखिनै अंगदानको विवरण गरिएको पाइन्छ ।

हाल समयको सार अनुरुप अंग प्रत्यारोपणको परिभाषा र प्रकारहरू समेत फरक फरक रहेका छन। वर्तमानमा अंशदानलाई दुई प्रकारमा विभाजित गरिएको छ। जिवित दान ,जहाँ व्यक्तिहरुले मृगौला , आफ्नो कलेजोको अंश वा अन्य अंगदान गर्न सक्छन र मृतक दान, जहाँ व्यक्तिको मृत्यु पछि अंगहरु दान गरिन्छ। दुबै प्रकारका अंगहरुको माग पुरा गर्न र सफल प्रत्यारोपण प्रक्रियाहरु सुनिश्चित गर्न महत्वपुर्ण छ । यी दुवै, निश्चित व्यक्तिको जिवन बचाउन र अंग बिफल्ता वा अन्य चिकित्सा अवस्थाबाट पीडितहरुको स्वास्थ्य सुधार गर्न महत्वपुर्ण छन्।कुनै पनि निश्चित व्यक्तिले आफ्नो केहि निश्चित अंग र तन्तुहरू मात्र प्रत्यारोपण गर्न सक्छन् विशेष गरेर जिवित दाताले आफ्नो कलेजो र मृगौलाको दान गर्न सक्छन् भने मृतक दाताको शरीरबाट अग्नाशय , हृदय, फोक्सो, सानो आन्द्रा , आँखाको कोर्निया , छाला र किडनी जस्ता अंगहरु जस्ताको तस्तै प्रत्यारोपण गर्न सकिन्छ।
यस आधुनिक प्रत्यारोपणलाई दैनिक चमत्कार बनाउनको लागी असहाय अवरोध पार गर्न डा.थोमस स्टार्जल(अमेरिकी चिकित्सक ,अनुसन्धानकर्ता र अंग प्रत्यारोपणका विशेषज्ञ) ले उल्लेखनीय भुमिका खेलेका थिए। उनले सन् १९६७ मा पहिलो सफल कलेजो प्रत्यारोपण गरि संसारलाई चकित पारे । ‘वर्कन अफ जिनियस’ ()नामक कथामा उनलाई २०औं शताब्दीको महान शल्यचिकित्सक र आधुनिक अंग प्रत्यारोपणको पिताको रुपमा प्रतिविम्बसित गरिएको छ।
अंग प्रत्यारोपण आधुनिक चिकित्सामा एक साच्चै महान प्रगति हो जसले अनगिन्ती बिरामीहरुलाई मृत्युको मुखबाट जिवित राखेको छ। दुर्भाग्यवश, अंग दाताहरुको आवश्यक्ता वास्तवमा दान गर्ने व्यक्तिको संख्या भन्दा धेरै छ संयुक्त राज्य अमेरिकामा हरेक दिन अंगको पर्खाईमा २१ जनाको मृत्यु हुने गर्दछ र १०७,३८० भन्दा बढी पुरुष ,महिला र बालबालिका जिवन बचाउन अंग प्रत्यारोपणको पर्खाइमा बस्छन् । विकासशील राष्ट्रहरुमा त अंग प्रत्यारोपणको पर्खाईमा लाखौं मानिसको मृत्यु हुने गर्दछ भने नेपाल जस्तो विकासोन्मुख मुलुकमा यसको स्थिति झन चरम बिन्दुमा छ । विश्वव्यापी रुपमा नै अंगहरुको माग र उपलब्धता बिच ठुलो अन्तराल छ ।
नेपालमा प्रत्येक वर्ष ३००० भन्दा बढी मानिसहरु मृगौला विफलता र १००० भन्दा बढी मानिसको कलेजोको विफलता हुने अनुमान छ। तर यि मध्य ५%-६% मानिसहरुले मात्र त्येस्को पहुँच पुरा गर्न सकेको अनुमान गरिएको छ । वर्तमान कार्यकारी निर्देशक तथा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर नेपालका सर्जन डा.पुकार चन्द्र श्रेष्ठले २०८० जेष्ठसम्म नेपालभर १२ सयभन्दा बढी मस्तिष्क प्रत्यारोपण र ११ वटा कलेजो प्रत्यारोपण शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका छन्। उनको अनुरुप जिवित दाताहरूबाट प्रत्यारोपण गर्न सम्भव भएता पनि मस्तिस्क-मृत दाताहरूबाट प्रत्यारोपण गर्नु प्रभावकारी हुन्छ भनेका छन्।किनकि यसमा दाताको जोखिम शुन्य हुन्छ । यधपि नेपालमा आजसम्म ३ जना मस्तिस्क मृत दाताहरूबाट ६ वटा मृगौला प्रत्यारोपण गर्न सकेका छौं ।
काठमाडौंमा मात्रै सडक दुर्घटनामा परि १ हजार भन्दा बढि मानिसको मस्तिस्क मृत्यु हुने गरेको छ , जसका अंगहरु प्राप्त भएमा हजारौंको ज्यान बच्न सक्थ्यो। तर डा.पुकार चन्द्र श्रेष्ठ भन्छन् “नेपालमा मस्तिस्क मृत अंगदानको दर निराशाजनक छ, मूख्य चेतनाको अभाव , विभिन्न धार्मिक तथा सामाजिक कारणले गर्दा, पारिवारिक अस्विकार , देशहरुमा दर्ता भएका अंग दाताहरुको न्युन संख्या भएकाले नेपाल जस्तो मुलुकको लागि यो समस्या जनक स्थिति रहेको” छ।
अंशदानलाई विभिन्न माध्यमहरु, जस्तै अंग खरिद संघ संस्था(OPO) वा प्रत्यारोपण केन्द्रहरु मार्फत सहज बानाउन सकिन्छ । जब एक व्यक्ति अंग दाता बन्न छान्छ उसले आधिकारिक कागजातहरु जस्तै अंग दाता रजिस्ट्रिमा नाम दर्ता गरेर आफ्नो अभिप्राय व्यक्त गर्न सक्छन् । थप रुपमा, परिवारका सदस्यहरुले पनि मृतक परिजनको तर्फबाट अंगदानको लागि सहमति दिन सक्छन्। यि माध्यमहरुले दाताको इच्छालाई सम्मान गरिएको र दान प्रकृया उचित र नैतिक रुपमा सम्पन्न भएको सुनिश्चित गर्न मद्दत गर्दछ। अंगदान गर्नु अघि , प्रत्यारोपणका लागि अंगहरुको सुरक्षा र उपयुक्त ता सुनिश्चित गर्न धेरै मापदण्डहरु विचार गरिन्छ
*चिकित्सा उपयुक्तताः दाताको चिकित्सा ईतिहास , उमेर र मृत्युको कारणले उनिहरुको अंग प्रत्यारोपणको लागि उपयुक्त छ कि छैन भनेर निर्धारण गर्न ल्याङकन गरिन्छ । विशेष गरि १८-५० वर्षिय व्यक्तिबाट अंग प्रत्यारोपण गर्न उपयुक्त मानिन्छ ।
*अंग व्यवहार्यताः दान गर्दा अंगहरु स्वास्थ्य र राम्रोसंग काम गरिरहेको हुनुपर्दछ।
*ऊतक\तन्तुको मिलनः रगतको प्रकार ,तन्तुको प्रकार र अन्य कारकहरूमा आधारित दाता र प्रापक को अनुकुलता अंग अस्विकारको जोखिम कम गर्न ।
*संक्रामक रोगहरुःएचआईभी ,हेपाटाइटिस र अन्य सरुवा रोगहरु जस्तै प्रापक मा सर्ने रोकथामको लागि स्क्रिनिङ गरिने।
*मृत्युको समय अंगदान सामान्यतया मस्तिस्क मृत्यु वा हृदयघात पछि हुन्छ र अंगहरु प्रत्यारोपणको लागि व्यवहार्य छ भनि सुनिश्चित गर्न समय महत्वपुर्ण छ।
*सहमति अंशदानलाई अगाडी बढाउनका लागि दाता र उनिहरुको परिवारको सहमति आवस्यक छ।
*नैतिक विचारहरुःप्रक्रियाले निष्पक्षता दाताको इच्छाको सम्मान र उनिहरुको अधिकारको संरक्षण सुनिश्चित गर्न नैतिक दिशानिर्देशहरू पछ्याउँछ ।
*प्रापक को प्राथमिकताःसम्भावित प्रापक हरुको अत्यावश्यक र चिकित्सा आवस्यक्ताले अंग विनियोजनमा भुमिका खेल्छ।

यधपि यि अंगदानका प्रोटोकलहरू देशर विशिष्ट प्रत्यारोपण केन्द्रहरुमा निर।भर हुन सक्छन्। नेपालको संविधानको धारा २५ अन्तर्गत मानविय स्वास्थ्य र सामाजिक हकको विषय उल्लेखित गरिएको छ जहाँ प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवाबाट वञ्चित नगरिने र राज्यले अंग प्रत्यारोपण तन्तु प्रत्यारोपण ,रगत ट्रान्स फ्युजन र स्वास्थ्य सम्बन्धी अन्य कुराहरु कानुनद्वारा तोकिए बमोजिमको व्यवस्था गरिने कुरा उल्लेख गरेको छ।
कुनै पनि देशमा अंगदान कार्यक्रमहरुको सफल र प्रभावकारिता जनचेतना, चिकित्सा पुर्वाधार कानुनी ढाँचा, सास्कृतिक विश्वास र सरकारी समर्थन लगायत विभिन्न कारकहरूमा निर्भर रहन्छ। साँस्कृतिक मान्यता, धार्मिक मान्यता र अंगदानको महत्व र फाईदाहरुबाट चेतनाको कमीका कारण अन्य धेरै देशहरु जस्तै नेपालले पनि अंशदानलाई प्रवर्धन गर्न चुनौतिहरुको सामना गर्नुपर्दछ। थप रुपमा ,सिमित चिकित्सा सुविधाहरु , विशेषज्ञता र स्रोतहरूका कारणले पनि देशको समग्र अंगदान परिदृष्यलाई असर गर्नसक्छ ।
तय अनुरुप अंग प्रत्यारोपणलाई सहज बनाउन अंग दाता संगठनहरुले विशेष रोल खेल्छन् , जसले अनगिन्ती जिवन बचाउँछ । यि संस्थाहरुले अंगदानको महत्वको बारेमा चेतना जगाउने,दाता दर्ता हरु कायम गर्ने, अंग मिलाउने, बाँडफाँड गर्ने, समन्वय गर्ने सम्पुर्ण प्रक्रियामा दाताहरुको परिवार र प्रयोगकर्ताहरुलाई सहयोग प्रदान गरि जिवन बचाउने अर्थात आशा र आवश्यकतामा परेकाहरुलाई जीवनमा दोस्रो मौका प्रदान गर्दछ। संयुक्त राष्ट्र संघको विभिन्न संघहरूले अंग खरिद र प्रत्यारोपण नेटवर्क (OPTN) को रखरखाव गर्दछ। यि UNOS अंग केन्द्र मार्फत, अंग दाताहरूलाई दिनको २४ घण्टा, वर्षको ३६५ दिन पर्खने प्रापकहरुसंग मिलाईन्छ।
जब कुनै अंग उपलब्ध हुन्छ ,स्थानिय अंग खरिद संस्थाले UNOS लाई चिकित्सा,सामाजिक र आनुवंशिक जानकारी पठाउँछ । त्यसपछि UNOS ले सम्भावित प्रापक हरुको सुची उत्पन्न गर्छ, त्यस्ता कारकहरूको आधारमा
१.रगतको समुह
२.ऊतक प्रकार
३.अंगको आकार
४. बिरामीको रोगको चिकित्सा जरुरिता
५. दाता र प्राप्त कर्ता बिचको भौगोलिक दुरी पर्दछन्
यही आधारमा अंग दाता बैङ्कहरूले प्रत्यारोपणको आवश्यक्ता भएको बिरामीहरु संग उपलब्ध अंगहरु मिलाएर अंग प्रत्यारोपणको सम्भावनालाई अधिकतम बनाउन अंगहरुको उचित संरक्षण सुनिश्चित गर्न कडा नयम कानुनहरुको पालना गर्दछन्।मानव शरीर अंग प्रत्यारोपण ऐन १९९८ अनुसार अंगदान गरिएको थियो २०१६ मा यसको संशोधन गरी नियमन जारी गरिएको थियो।
यि कानुनहरूले अंग प्रत्यारोपणका सबै मेडिकल कानुनी पक्षहरूलाई समेट्छ। ऐन अनुसार अंगको खरिद बिक्री अनुरुप जरिवाना र कैद दुवै सजायको नियमावली तयार गरिएको छ। हालको यस मानव अंग प्रत्यारोपण ऐन १९९८ अनुसार ,मृगौलामा खुला व्यापार नियन्त्रण गर्न सम्भवित दाताहरूलाई नजिकका नातेदारहरूमा सिमित गरेको छ
छिमेकी मुलुक भारतमा मृगौला दाताहरूमा कुनै प्रतिवन्ध नलाएकाले अंगको अवैध व्यापारलाई निम्त्याएको छ। नेपालका लागी केही सिमित आवस्यक भएको महसुस गरिएको थियो तर सन १९९८ को विधेयकले मृगौला दाता हुँदाहुँदै पनि मृगौला विफलता भएका बिरामीले ठुलो संख्यामा दान अंग लिन नसक्ने गरी गम्भिर सिमा तोकेको देखाएको छ । त्यसैले दाताको हद बढाएर माग पुरा गर्न ऐन परिमार्जन गर्ने प्रस्ताव आएको हो । नेपालमा ३७ लाखभन्दा बढी मिर्गौला विफलताको सिकार भएका छन् ।
नेपाली बिरामीहरु सफल प्रत्यारोपणका लागी रु १० लाख मा भारत जाने गर्दथे भने नेपालमा यसको लागत ३ लाख देखी ५ लाख सम्म लाग्दछ। हाल नेपालमा निश्चित अंगहरुको प्रत्यारोपण र त्यसको लागत निम्न रुपमा प्रस्तुत गरिएको छ
अंग लागत
मृगौला रू ३ लाख –रू ५ लाख
कलेजो रू २५,००,०००.००
मुटु रू ६५८५३३०.००
कोर्निया रू १०,०००.००
प्याङक्रियाज रू ३ लाख – रू ४ लाख
छाला रू ४०,०००.००
एक तथ्याङ्क अनुसार एक मृतक मस्तिष्कको शरीर बाट ८ जना को ज्यान बचाउन सकिन्छ। स्पेनमा ४० प्रति मिलियन र भारतमा अंगदानको दर विष्वमा सबैभन्दा कम ०।८६ प्रति मिलियनमा रहेको छ। र अन्य बिकसित राष्ट्रहरुमा १० प्रति मिलियन भन्दा बढी छ ।
सचेतना र सम्भावित दाताहरुको अभावका कारण नेपालमा अंगदानको अवस्था निकै नाजुक छ । ब्रेन डेथ घोषणा गरिसकेपछि पनि अंशदानमा धार्मिक आस्था, चेतनाको कमि, चिकित्सा प्रणालीमा विश्वासको कमी स्वास्थ्यकर्मीको तालिमको अभाव जस्ता अवरोधहरू हुन सक्छन । यस वावजुद अंग प्रत्यारोपणको बारेमा धेरै मिथक हरु समावेश छन्।
अंग सहमति बिनै प्रत्यारोपण गरिन्छ भन्ने भ्रम मानिसहरु बिच रहेको छ तर वास्तवमा अंग दान गर्न अनिवार्य रुपमा दाता वा उनिहरुको परिवारको स्पष्ट सहमति चाहिन्छ त्यसैगरी धनीहरुले बढी प्राथमिकता पाउने गलत प्रचार मानिसमा रहेको छ। विनियोजन आर्थिक अवस्थामा होइन , चिकित्सा आवश्यक्ता आधारित हुन्छ। कालोबजारी अंगको व्यापार अधिकांश रुपमा हुन्छ भन्ने डरले मानिसलाई यस कार्य गर्नबाट रोक लगाएको छ तर हामी त्यति नै अवैध अंगको व्यापार रोक्न कानुनी रुपमा कडा नियमन सुनिश्चित गरिएको कुरामा त्यति नै सचेत हुनुपर्दछ।
दाताहरूबाट अंग लिएता पनि फिका नियमनका कारण अंगहरु ठिक ठाउँमा पुग्दैनन् जसको कारण अंगको उपलब्धता भए तापनि त्यसको उचित ढंगले परिचालन भएको छैन ।
यसको समाधानको लागि कडा नियमावली र त्यसको कार्यान्वयन हुनु समेत आवस्यक छ।साथै अंगदान गर्न कुनैपनि धर्मले रोक्दैन, त्यसैले विभिन्न धार्मिक समुहले अंगदानको समर्थनमा बाहिर निस्केर आफ्ना अनुयायी हरुलाई यसबारे शिक्षा दिनुपर्दछ। साथै अंगदान बढाउने कदम को रुपमा सघन चिकित्सक र न्युरोलोजिस्टहरुले ब्रेन डेथ घोषणा गरेलगत्तै बिरामीका आफन्तहरुलाई अस्पताल भित्रै यस बारे सल्लाह दिनुपर्दछ, तसर्थ हाम्रो देशमा अंगदान सचेतना अभियान सुरु गर्नु जरुरी छ ।यस बारेमा सन्देश फैलाउन र सफल प्रत्यारोपण प्राप्तकर्ताहरुको कथा साझा गर्न सामाजिक सञ्जालको प्रयोग नेपाल सरकार अन्तर्गतको मानव अंग प्रत्यारोपण केन्द्रले एक हजारौं सफल मृगौला प्रत्यारोपणको अवसरमा आयोजित कार्यक्रममा बोल्दै वर्तमान प्रधानमन्त्रीले पुर्ण राष्ट्रमा आफ्नो घोषणाले हौसला मिल्ने विश्वास व्यक्त गर्न ‘मेरो मृत्यु पश्चात मेरो सम्पुर्ण शरिर दान गर्नु ‘ भनि प्रचार गरेका छन्।
अंगदान गर्नाले जिवन बचाउन र खाँचोमा परेकाहरुको जीवनको गुणस्तर सुधार गर्न सक्छ। अंगदान साच्चै मा एउटा शक्तिशाली परोपकारी कार्य हो जसले प्रत्यारोणको पर्खाईमा रहेका बिरामीहरुलाई आशा र ज्योतिको किरण दिन्छ र उपलब्ध अंगहरुको अभावलाई सम्बोधन गर्न मद्दत गर्दछ। साच्चै नै एक दानले कसैको जीवनमा महत्वपुर्ण परिवर्तन ल्याउन सक्छ।
हरेक वर्ष अगस्त १३ लाई अंगदानको महत्वबारे जनचेतना जगाउने र मस्तिस्क मृत्युपछि अंगदान गर्न उत्प्रेरित गर्ने उद्धेश्यले मनाइन्छ। यदि एक व्यक्तिले आफ्नो अंगदान गर्न स्वयंसेवा गर्नाले दशौं जिवन ले पुनर्जीवन पाउन सक्दछन्। आफ्नो जिवन अरुलाई बाडौं र अरुलाई ठुलो उपहार हुनेछ। अंगदानको कार्यनै प्रेम र करुणाको दिगो विरासत छोड्ने सुन्दर तरिका हुनेछ।
आफ्ना स्वर्गमा पुर्याउन खरानी वनाएर होइन कुनै अति आवस्यक जिवन को मुहारमा सानो हाँसो दिन सक्नु नै स्वर्ग हो। अंगदान मृत्यु लाइ सम्झेर होइन जिवन लाइ सम्झेर गरौं। एक अंग दाताले दान गरेका अंगले आठ जनाले नयाँ जिवन प्राप्त गर्न सक्छन् त्यसैले कसैको नायक बन्नुहोस् अंग दाता बन्नुहोस्।
(प्रन्जली लर्डबुद्ध इन्टरनेशनल स्कुल रामधुनी ५ मा अध्ययनरत छात्रा हुन । सापकोटाले लेखेको यो निबन्ध बेष्ट सञ्चार डट कमको सहकार्यमा साई हस्पिटलले आयोजना गरेको निवन्ध लेखन प्रतियोगितामा प्रथम बनेको थियो ।)