झुम्काको नमुना सामुदायिक विद्यालयलाई “नमुना” बनाउने मोहन विकको कथा, रामेछापको जन्म, भारतको पढाई, झुम्कामा बसोबास

प्रकाश बन्जारा र राजन भट्टराई ।

समयले मानिसलाई कहाँ पुर्‍याउँछ पत्तै हुदैन यदि हुन्थ्यो त धेरै कुरा हाम्रो नियन्त्रणमा हुने थिए । तर जहाँ इच्छा त्यहाँ उपाय भन्ने कहान चाहिँ पक्का हो । समयसँगै लहरी र पहरी गर्दै जता परिवार जान्छ उत्ति जाँदै गर्दा पहाडी जिल्ला रामेछापका मोहन विक रामधुनीको झुम्कामा बसोबास गर्न आइपुगे त्यो पनि सेवा र व्यवसायसँगै ।

शिक्षा एउटा सेवा र हो र अर्को व्यावसाय पनि । शिक्षामै बर्षौ लगानी गरेपछि सेवासँगै व्यावसाय बन्दै गरेको शिक्षालाई गुणस्तरीय बनाउन जसले जे भनेपनि नेपालका नीजि विद्यालयहरुको ठुलो हात छ । हाल सरकारले मन्त्री परिषदबाट संघीय शिक्षा ऐनको विद्ययेक पास गरेर प्रतिनिधि सभामा टेवल गर्ने तयारी गर्दै गर्दा एउटा बुँदाले नीजि क्षेत्रका शैक्षिक संस्थामा तरंग उत्पन्न गराई दिएको छ । कतिले बर्षौ लगानी गरेर तयार गरेको शैक्षिक संस्था कालान्तरमा गुठीमै लैजाने भन्ने नीतिले शिक्षा सेवा गरिरहेका नीजि विद्यालयहरुमा तरंग सिर्जना गरेको हो । फलस्वरुप उनीहरु अहिले आन्दोलनमा छन् । केहि समयको लागि उनिहरुको आन्दोलन स्थगित भएको छ यद्यपि उनिहरुको माग कायम रहेको बताइरहेका छन् ।

यसै बिचमा बेष्ट सञ्चारको टिमले रामधुनी नगरपालिका वडा नम्बर ५ झुम्कामा बिगत १७ बर्षदेखि नमुना सामुदायिक विद्यालयको व्यावस्थापन गरिरहेका संस्थापक तथा प्राचार्य मोहक विकसँग भेट्ने मौका पायो ।

झुम्का बजार नजिकै साँघुरो प्रध्यानाध्यापक कोठामा विद्यार्थीको ओहोर दोहोर भइरहेकै बेला मोहनको कार्यकक्षमा पुगेका हामी विद्यार्थीको भिड कम रहुन्जेल बसिरह्यौँ ।

कापि जाँच्दै गरेका प्राचार्य विकले बातचितकै क्रममा चियाको चुस्की गराएपछि हामीले भलाकुसारीको प्रस्ताव राख्यौँ । वास्तवमा झुम्काको नीजि विद्यालयहरुमा लामो इतिहास राखेको नमुना सामुदायिक विद्यालय थुप्रै विद्यार्थीको भविश्य उज्जवल बनाउने केन्द्र हो ।

नमुनालाई नमुना बनाउन कस्तो चुनौतीहरु सामना गर्नुपर्यो त अनि रामेछापको मान्छे कसरी सुनसरीको झुम्कामा संस्थागत विद्यालयको प्राचार्यको रुपमा जोडिनुभयो हामीले प्रश्नहरु एक पछि तेर्साइरहयौँ उनले जवाफ दिइरहे । सकेको नोट गरेर हाम्रा पाठकमाझ पस्किँदैछौँ नसेका केहि कुरा गौण नै रहनेछन् ।

२०२९ सालमा जन्मेका मोहन लामो समय भारतका विभिन्न सहरमा बसे । बुवाको जागिर भारतमा भएकाले जता जागिर जान्छ मोहनको परिवार पनि त्यतै गयो । ५ बर्षको हुँदा पुनिया भन्ने ठाउँमा पुगेका मोहनले पटनाको पिएमसि कलेजबाट कक्षा १२ को पढाई सके भने गुज्राँतबाट बिएससिको पढाई गरेका थिए । कक्षा १२ को पढाई सकेपछि बिएससि पढ्न काठमाण्डौ नआएका होइनन् तर उपयुक्त कलेज भेटिएन त्यसपछि उनले भारतकै शहरमा बसेर स्नातक सकाए ।

भारतकै नेपालको वीरगन्ज नजिकै रहेर स्नातकोत्तरको पढाई सकेका मोहन बुवाको जागिर सकाएपछि नेपाल फकिए । नेपाल फर्किएर आज भन्दा २२ बर्ष अघि बुवासँगै देशका विभिन्न ठाउँमा चाहारे जहाँ उनीहरु घर बनाएर बस्न चाहन्थे । त्यो क्रममा केहि समय जनकपुर पनि बसे तर त्यहाँ मन बसेन पछि झुम्का आए अनि बिस्तारै मन बस्यो र पढाउने काम सुरु गरे । झुम्कामा त्यतिखेर मोहनले ब्रिलियन्टमा पढाउन थाले । सके आर्मी बन्ने नसके शिक्षण पेशामा लाग्ने मोहनको संकल्प आर्मीमा जान सकेन बरु शिक्षण पेशालाई राम्रो ठानेर अर्को राम्रो अवसरको खोजी गरिरहेका थिए ।

त्यसैबेला नमुना सामुदायिककै नामबाट चलिरहेको कक्षा ५ सम्मको दर्ता भएको नीजि स्कुलको प्रस्ताव लिएर त्यसको तत्कालिन संस्थापक तुलसी गेलाल लगायतको टिम मोहनको घर पुग्यो । कि किन्ने कि भाडामा लिएर चलाउने भन्ने प्रस्ताव आएपछि मोहनले ५ जनाको समुह मिलेर नमुनामा हात हाले ।

५ जनाको समुह एक बर्ष सकिन नपाउँदै बिदा भयो त्यसपछि विद्यालयको सम्पुर्ण जिम्मेवारी मोहनको काँधमा आयो । टाटी र टिनको छानामा भएको संरचनामा करिव ६ सात बर्ष अडियो विस्तारै मोहनले विद्यालयलाई नयाँ रुप दिन थाले । ट्युसन र कोचिङ्गमा लगानी गरिरहेका मोहनले आफुले उता कमाएको पैसा ल्याएर विद्यालयमा हाल्ने गरेका थिए । नमुनालाई नमुनाको रुप लिन पैसाको ठुलो समस्या थियो । घरमा लगानीको क्षमता थिएन चुनौतीहरु धेरै थिए त्यसको सामना गर्दै अगाडी बढेका मोहनले कुनै समय ८ सय जना सम्म विद्यार्थीलाई आफ्नो विद्यालयमा अध्यापन गराएका छन् अहिले पनि ६ सय विद्यार्थी रहेको नमुना सामुदायिक विद्यालय रामधुनी नगरपालिकामा राम्रा विद्यालयहरुको सुचीमा आउँछ ।

११ बर्षदेखि होस्टेल सहित सञ्चालन भइरहेको नमुनामा आफ्नो होस्टेल उच्च कोटीको भएको दावी गर्छ । होस्टेलको सरसफाई देखि खानामा कम्प्रमाइज नगर्ने गरेको प्राचार्य विकले हामीलाई सुनाए ।

जस्तो विद्यार्थी आएपनि राम्रो बनाउने क्षमता भएकै कारण आफुलाई कहिल्यै विद्यार्थी खोज्दै हिड्ने झन्झट नभएको मोहन सुनाउँछन् ।
हुन त काम गर्ने मान्छेलाई आर्थिक अवस्थाले प्रभाव पार्दैन भन्ने उदाहरण मोहनको हकमा पनि लागु हुने रहेछ ।

विद्यार्थीलाई चौतर्फी ज्ञान दिन नमुनाले कुनै बेला बिघा जग्गा भाडामा लिएर फुटवल ग्राउण्ड बनाएको थियो अहिले फुटवल ग्राउण्ड छैन तर चाँडै उक्त व्यवस्था ागर्न लागेको प्राचार्य सुनाउँछन् ।

मोहनबाटै शिक्षा लिएका विद्यार्थीहरु कोहि डाक्टर तथा कोही पाइनल बनिसकेका छन् तर मोहन तस्तै छन् जस्तो पहिलो थिए । लाइसेन्स र ब्लुबुक विर्सिएर विराटनगर गएको एक दिन ट्राफिक जाँच हुँदा उनलाई निकै तनाव लागेको थियो तर काँधमा दुई तारा भएको फुलि लगाएको एउटा हृष्ट पुष्ट शरीरले सर नमस्कार भन्दा मोहन निकै खुसी भएका थिए कुनै दिन । त्यो नमस्कार गर्ने हृष्ट पुष्ट शरिर उनको आफैँले पढाएको विद्यार्थी थियो । त्यो मिठो अनुभव सुनाउँदै मोहनले हामीलाई भोलिका योजना सुनाए ।

२ देखि ३ बर्षभित्रै मा नमुनामा प्लस टु सम्मको अध्ययन गराउने गरी विद्यालयको तह वृद्धिको लक्ष्य हामीमाझ खोलियो । ‘त्यतिमात्रै होइन आत्मनिर्भर बन्ने खालको शिक्षा आजको आवश्यकता हो त्यसैले त्यता तिर पनि मेरो ध्यान छ । ’मोहनले सुनाए ।

नमुनालाई नमुना विद्यालय बनाउन तपाई बाहेक कसको हात छ त हामीले सोध्यौँ । थानेश्वर विश्वास उनले एक शब्दमै जवाफ फर्काए त्यसबाहेक पारिवारिक सपोर्ट, उनकी जिवनसंगीनी बाट समेत यथोचित सहयोग पाएको मोहनको भनाई थियो ।

आफुले आफ्ना शिक्षकलाई तालिमको अभाव हुन नदिन बिभिन्न समयमा मोटिभेसनल तालिम तथा अतिरिक्त क्रियाकलापमा समेत सहभागि गराउने गरेको उनको भनाई छ । त्यसो त नमुनाले अहिले सम्म नृत्यमा जिल्ला प्रथम, भलिबलमा नगर स्तरिय प्याब्सन स्पोर्टस मिटमा महिला तर्फ प्रथम साथै एसएलसी हुँदाका बखत ५ पटकसम्म जिल्लामै उत्कृष्ट नतिजा ल्याएको इतिहास नमुनाको रहेछ । हामीले नमुनालाई उत्कृष्ट र राम्रो जनशक्ति उत्पादनमा लागिरहन शुभकामना दियौँ र फर्कियौँ । जाँदा जाँदै मोहन सरसँग एउटा सेल्फी पनि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.