इटहरी । प्रदेश सहकारी रजिष्ट्रार कार्यलयको नियमन भित्र रहेको इटहरीको अम्बे बचत तथा ऋण सहकारीमा सोमबार अनुगमन गरिएको छ ।
इटहरी उपमहानगरको सहकारी शाखा र प्रदेश सहकारी रजिष्ट्रार कार्यालय इनरुवा सुनसरीका निमित्त रजिष्ट्रार हरि बहादुर खत्री सहितको टोलीले सहकारीको अनुगमन गरेको हो ।
इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीता कुमारी चौधरी, सहकारी शाखा प्रमुख बालकुमार पोखरेल सहितको टोलीले संस्थाको बचत, ऋण तथा साधारण सभा र माइन्यूट समेतको निरिक्षण गरेको थियो ।
अनुगमनका क्रममा सहकारी संस्थाको निक्षेप भन्दा बढी ऋण लगानी गरेको देखिएको र संचालक समेतले ऋण लिएको देखिएको संलग्न अधिकारीले बेष्ट सञ्चारलाई जानकारी दिएका छन् ।
सहकारीलाई राम्रोसँग सञ्चालनका लागि एजेण्डा सहित लिएर उपमहानगरको सहकारी शाखा र प्रदेश रजिष्ट्रारको कार्यलय समेतलाई एक हप्ताभित्र जानकारी गराउन भनिएको छ ।