इटहरी उपमहानगरका कार्यरत करार, मासिकर दैनिक ज्यालादारी कर्मचारीको म्याद पौष मसान्त सम्म थपियो

इटहरी । इटहरी उपमहानगरले नगर कार्यपालिकाको कार्यलय र अन्तर्गतका कार्यलयमा कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी कर्मचारीको म्याद पौष मसान्त सम्मलाई थप गरेको छ ।

कार्यसम्पादन मूल्यांकनको आधारमा म्याद थप गरिने कर्मचारीको म्याद असार मसान्तमा सकिएको थियो ।

नगरपालिकाको १२८ औँ कार्यपालिकाद्वारा गठित कर्मचारीको सेवा सुविधा सम्बन्धि अध्ययन कार्यदलको प्रतिवेदन माथि छलफल गरी सो सम्बन्धमा कार्यविधि निर्माणका लागि कानुन मस्यौदा समितिमा पठाउने र ज्यालादारी कर्मचारीलाई करार सेवाको लािग अध्ययन गरी सुझाव सहितको राय पेश गर्न पदपुर्ति समितिलाई पठाउने निर्णय शुक्रबारको कार्यपालिका बैठकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.