इटहरी । बैँकिग ठगीको कसुर लागेर २ दिन अघि जेलबाट छुटेका इटहरी १९ का लालबहादुर बिकलाई एक कार्यक्रममा प्रमुख अतिथीको भुमिकामा देखिएको छ ।
आफैँले काम गर्ने पसलको साहुले सास्ती दिएपछि जेल जिवनबाट हालै छुटेका लालबहादुरलाई वकिल खर्चमा सहयोग पुगोस भन्दै बिभिन्न संघ संस्थाको सहयोगमा उठाइएको आर्थिक सहयोग सेमत हस्तान्तरण गरिएको थियो ।
शुक्रबार एक कार्यक्रमबीच इटहरी १९ भवानीपुरमा नगद रकम हस्तान्तरण गर्दै सहयोग गरिएको हो । हङकङ निवासी साविक हाँसपोसाका बसिन्दाहरूको संस्था तरहरा–हङकङ मञ्चबाटसमेत लगायत बिभिन्न संस्थाले उठाएको आर्थिक सहयोग लालबहादुरलाई उपलव्ध गराइएको थियो ।
लिबरल सोसाइटीसहित तरहरा हङकङ मञ्चका सदस्य शिव रुम्दाली राईले लालबहादुरलाई एक लाख ३२ हजार ९४ रुपैयाँ हस्तान्तरण गरेका थिए ।
प्रमुख अतिथी बनेका लालबहादुरले आँफू एक निर्दोष रहेकाले ढिलै भएपनि न्याय पाएको बताए । उनले आँफू एक पात्र मात्रै भएपनि कारागारभित्र यस्ता निर्दोष मानिसहरू अझैपनि बन्दी हुनुपरिराखेको बताएका थिए ।