एक बर्षमा कोसी प्रदेशमा १ हजार ५५० आत्महत्याका मुद्धा

इटहरी । कोसी प्रदेशमा एक बर्षमा मात्रै १ हजार ५ सय ५० वटा आत्महत्याका मुद्धा परेका छन् ।

कोसी प्रदेशका १४ जिल्लाका प्रहरी कार्यालयमा एक वर्षको अवधिमा ८ हजारभन्दा बढी मुद्दा दर्ता भएका मा १ हजार ५ सय ५० आत्महत्यामा मुद्धा भएको बताएको छ ।

प्रदेश प्रहरी कार्यलय कोसी प्रदेशले बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै एक बर्षभित्रको प्रगती विवरण सार्वजनिक गरेको थियो । आर्थिक वर्षमा दर्ता भएको मध्ये २ हजार ७ सय ७३ वटा मुद्दा फछ्र्यौट भएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी ऋषिराम कडेँलले जानकारी दिए । उनका अनुसार ५ हजार ९४६ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको उनले बताए।

प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा ७८ वटा दर्ता भएका ३३ वटा मुद्दा फछ्र्यौट भएको छ । ४५ मुद्दा बाँकी रहेको छ । ज्यान सम्बन्धी ७१ दर्ता भएको मध्ये ६ फछ्र्यौट ६५ वटा बाँकी रहेको छ । यस्तै मानव बेचविखन १४ दर्ता भएका मध्ये ७ फछ्र्यौट, ७ बाँकी, जवरजस्ती करणाी ५६५ मुद्दा दर्ता भएका मध्ये २६४ फछ्र्यौट, ३०१ बाँकी रहेको छ ।

यसैगरी जवरजस्ती करणी उद्योगमा १ सय १२ मुद्दा दर्ता भएको मध्ये ५० फछ्र्यौट, ६२ मुद्दा बाकी, लागूऔषधमा ७८९ मुद्दा दर्ता भएको मध्ये २८८ मुद्दा फछ्र्यौट, ५ सय १ वटा मुद्दा बाँकी रहेको छ ।

सामाजिक अपराधमा १ हजार ६१२ वटा दर्ता भएका मध्ये १ हजार ८२ मुद्दा फछ्र्यौट र ५३० मुद्दा बाँकी रहेको छ । समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी राजेशनाथ बास्तोलाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.