विराटनगरका रोहितको सेउतीमा हत्या गर्ने अरु दुई अभियुक्त पक्राउ

इटहरी । धरान इटहरीको चारकोशे झाडीमा सेउती खोला नजिकै विराटनगरका रोहित चौधरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोसी राजमार्गमा पर्ने चारकोसे जङ्गलको सेउती पुलमा गोली हानी युवकको हत्या गरेको प्रकरणमा प्रहरीले २ जनालाई १६ गते नै पक्राउ गरीसकेको छ ।

पक्राउ पर्ने थप दुईमा मा झपाको भद्रपुर नगरपालिका १ घर भई हाल सुनसरीको धरान उपमहानगरपालिका ८ बस्ने ३० वर्षीय प्रकाश लिम्बू र मोरङको विराटनगर महानगरपालिका १५ घर भएका ४१ वर्षीय अजयकुमार शर्मा रहेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पक्राउ पर्ने शर्मा लागुऔषध मुद्दामा चार वर्ष आठ महिना कैद भुक्तान गरी चार महिनाअघि छुटेको प्रदेश प्रहरी कार्यलय विराटनगरले बताएको छ । प्रहरीले यस अघि लेटाङ नगरपालिका–१ का ३५ वर्षीय पर्वत भन्ने दीपक तिमिल्सिना र धरान उपमहानगरपालिका–१४ का ३४ वर्षीय अनसन तामाङ रहेका छन् । प्रहरीले उनीहरूलाई घटनाका बेला चलाएको पेस्तोल र गोलीसहित पक्राउ गरेको हो ।

गत साउन ५ गते धरान–तरहरा सडकखण्डअन्तर्गत चारकोसे जङ्गलमा उनीहरूले चलाएको गोली लागेर घाइते भएका विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो ।

पक्राउ परेकामध्ये दीपक घटनाको मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ । प्रेमिका सुमना खत्रीको सुनको गहना लुट्दा प्रतिकार गरेका रोहितमाथि उनैले गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.