जमाना प्रविधिको उपयुक्त प्राविधिक शिक्षा कहाँ पढ्ने, यसो भन्छन् प्राविधिक विषय पढ्ने विद्यार्थी र शिक्षक (भिडियो सहित)

प्रकाश बन्जारा ।

इटहरी । उच्च शिक्षामा आर्ट, कमर्स भन्दा प्राविधिक शिक्षा लिन सके रोजगारका प्रशस्त ढोकाहरु खुल्ला भएकाले त्यहाँ सम्भावना रहेको बताइन्छ ।

सिटिईभिटी बाट सम्बन्धन पाएर प्राविधिक शिक्षा अध्ययन गराइरहेको इटहरीको नरबहादुर कर्माचार्य बहु प्राविधिक विद्यालयले प्राविधिक धारतर्फ , होटल म्यानेजमेन्ट, सिभिल इन्जिनियरिङ्ग तथा बालि विज्ञानको पढाई गराइरहेको छ भने यस बर्षबाट फार्मेसी समेत थप्ने तयारी भइरहेको बताएको छ ।

पढाइसके लगत्तै सीपयुक्त भएका जनशक्ति बाहिर आउने हुँदा रोजगारी प्राप्त गर्न तथा स्वरोजगार हुन समेत सहज भएकाले प्राविधिक शिक्षा विद्यार्थीको रोजाईमा पर्ने गरेको छ ।
कोशी प्रदेशमा नरबहादुर कर्माचार्य प्रतिष्ठानले सन्चालन गरेको बहु प्राविधिक विद्यालयमा मात्रै सन्चालन भइरहेको सिटिइभिटिको होटल म्यानेजमेन्ट कोर्षमा आकर्षित हुने विद्यार्थीको पनि उत्तिकै भिड छ । भने बालीविज्ञान र सिभिल इन्जिनियरिङमा त्यत्तिकै आकर्षण देखिन्छ ।
पढाइसँगै प्रयोगात्मक शिक्षा र त्यो पनि कोर्ष पुरा गर्नासाथ प्राविधिकको रुपमा निस्कन पाउने भएपछि विद्यार्थीको ध्यान त्यता गएको रसायन शास्त्रका प्रध्यापक रुपेश कुमार मिश्र बताउँछन् ।

बालि विज्ञान र सिभिल इन्जिनियरिङ्ग सँगै होटल म्यानेजमेन्ट समेत बढाउने नरबहादुर कर्माचार्य बहु प्राविधिक विद्यालय इटहरी ९ ले गुणस्तरीय शिक्षा मात्रै नभएर सिक्न योग्य वातावरण समेत उपलव्ध गराउँदै आएको सोहि विद्यालयमा होटल म्यानेजमेन्ट को ३ बर्षे डिप्लोमा अध्ययन गर्दै रहेकी इटहरीका दिक्षा दाहालको भनाई छ ।

तीन बर्षे डिप्लोमामा पहिलो सेमेस्टरमा नेपाल प्रथम समेत बनेकी दिक्षा एसईई सकेर बसेका भाइबहिनीलाई होटल म्यानेजमेन्ट तर्फ नरबहादुर कर्माचार्य पोलिटेक्निक कलेज नै रोज्न सुझाव दिन्छिन् ।

यता कृषि तथा बालीविज्ञान तर्फकी फ्याकल्टी इन्चार्ज सन्तोषी चौधरी बालि विज्ञानमा पछिल्लो समय रोजगारका प्रसस्त अवसर भएका कारण पनि विद्यार्थीको आकर्षण बालि विज्ञानमा रहेको बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.