झुम्का जेसिज र जुनियर जेसिसको बर्स २०२५ संचालक समितिले हालै पदबहाल गरेका छन ।
जेसिस तर्फ २० औं तथा जुनियर जेसिस तर्फ सातौ पदबहाली कार्यक्रम शनिवार झुम्का जेसिसको सामुदायिक भबनमा सम्पन्न भएको हो । सुनसरी २ क का प्रदेश सासद तथा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भन्डारिको प्रमुख आतिथ्यतामा आयोजित भब्य कार्यक्रमका बिच झुम्का जेसिजका बर्स २०२५ का अध्यक्ष दिपेश बराइली र जुनियर जेसिसको बर्स २०२५ का अध्यक्ष छबिरमण दाहालको कार्यसमितिले पद बहाली गरेको हो ।

शासन नीति र बिधिको हुनुपर्छ भन्ने मान्यता सिकाउने जेसिसले महिला भएर पनि अगाडी जान सकिन्छ भन्ने पाठ सिकाएको झुम्का जेसिस बर्स २०२४ कि अध्यक्ष आशा कुमारी चौधरीले बताइन ।
पदबहाली कार्यक्रममा आफ्नो अन्तिम अध्यक्षको मन्तव्य व्यक्त गर्दै चौधरीले महिला पनि माथि जान सक्छन भन्ने उदाहरण जेसिसबाट लिन सकिने समेत बताइन ।
नेपाल जेसिसका रास्ट्रीय उपाध्यक्ष गणेश सापकोटा , झुम्का जेसिसको लागि भाइस प्रेसिडेन्ट सुमित्रा भट्टराई छिमेकी शाखाका बहाल तथा पुर्ब अध्यक्षहरु साथै झुम्का जेसिसका पुर्ब अध्यक्षहरुको भब्य उपस्थितिमा जेसिस र जुनियर जेसिस दुबैले निर्बिरोध निर्वाचित बाहेकका पदमा मनोनयन समेत घोषणा गरे ।
जुनियर जेसिसका बर्स २०२४ का अध्यक्ष सिसिर भट्टराईले बर्स २०२५ का अध्यक्ष छबिरमण दाहाललाई जेसिसको माला लगाइदिए भने झुम्का जेसिसकि बर्स २०२४ कि अध्यक्ष आशा चौधरीले बर्स २०२५ का अध्यक्ष दिपेश बराइलिलाइ जेसिस माला हस्तान्तरण गरे ।
जुनियर जेसि तर्फ कार्यसमितिमा कार्यकारिणी उपाध्यक्षमा रोसन गुरागाइ र नरेश कोइराला छन भने महासचिवमा एरोन उप्रेती र उपाध्यक्षहरुमा सौरभ निरौला , नोमिका बुढाथोकी , एलिसा लुइँटेल र नबदिप कार्की छन । मनोनीत तर्फ सचिब, कोषाध्यक्ष र कानुनी सल्लाहकार आदि पद छन ।
यसै गरि झुम्का जेसिस तर्फ कार्यकारिणी उपाध्यक्षमा भाष्कर देवकोटा र सारस भट्टराई , उपाध्यक्षहरुमा मिलेनियम निरौला , भोला साह, सन्जय गेलाल र सन्जय दाहाल निर्वाचित भएका थिए । अध्यक्ष दिपेश बराइलीले महासचिवमा सरोज कोइराला र कानुनी सल्लाहकारमा गोबिन्द आचार्यलाई मनोनीत गरेका छन । त्यसै गरि अन्य मनोनीतहरुमा कमल शाह सचिब, प्रदीप घिमिरे जनसम्पर्क अधिकारी छन भने ,मिलन रौनियार कोषाध्यक्ष छन ।