अंगदान शीर्षकको निवन्ध लेखनमा उत्कृष्ट पाँचलाई पुरस्कार सहित एम्बेष्डर घोषणा

इटहरी । साई हस्पिटल झुम्काको प्रायोजन एंव बेष्ट सञ्चार मिडिया प्रालिको संयोजनमा रामधुनीमा माध्यमिक विद्यालयका विद्यार्थीबीच गरिएको निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट पाँच विद्यार्थीलाई अंगदानको एम्बेष्डर घोषणा गरिएको छ ।

मंगलवार भएको एक दिने पत्रकारिता तालिममा सहभागी विद्यार्थीले लेखेको निबन्धका आधारमा उत्कृष्ट ५ जनालाई पुरस्कार वितरण गरिएको थियो भने उनिहरुलाई अंगदानको लागि आगामी दिनमा आफ्नो भुमिका निभाउन आग्रह गर्दै एम्बेष्डरको घोषणा गरिएको हो ।

साई हस्पिटल प्रालिको सहयोगमा भएको निबन्ध लेखन प्रतियोगीको पुरस्कार वितरण बिहिवार साई हस्पिटलमा एक कार्यक्रमको आयोजना गरी गरिएको थियो ।

निबन्ध लेखनमा रामधुनी ५ को लर्डबुद्ध इन्टरनेशनल स्कुलकी छात्रा प्राञ्जली सापकोटा प्रथम भएकी थिइन भने दोस्रोमा नमुना सामुदायिक विद्यालयकी कक्षा ९ की छात्रा श्रष्टा आचार्य घोषित भएकी थिइन । तस्तै गरि तृतीयमा रामधुनी ३ को सरस्वती अंग्रेजी बोर्डिङ स्कुलकी छात्रा श्रद्धा रिजाल हुदा सान्तवतामा माउन्ट समिटकी खुसी ढकाल र रामधुनी अंग्रेजी माविकी मनिसा कार्की भएकी थिइन ।

उत्कृष्ट ३ जनालाई साई हस्पिटल प्रालिका प्रबन्ध निर्देशक दुर्गाप्रसाद फुयालले नगद सहितको पुरस्कार बितरण गरेका थिए भने सान्त्वना स्थान हासिल गरेका विद्यार्थीलाई हौसला जनाउन डायरी सहितको पुरस्कार प्रदान गरिएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा उपस्थित पाँचवटा विद्यालयका शिक्षाक र उत्कृष्ट पाँच विद्यार्थीलाई हस्पिटलले हेल्थ काड समेत उपलव्ध गराएको छ । उनीहरुले अव उप्रान्त साई हस्पिटलमा उपचार गर्न आउँदा कम्तीमा १५ प्रतिशत छुट प्रदान गरिने साई हस्पिटलले जनाएको छ ।
पुरस्कार वितरण कार्यक्रममा साई हस्पिटलका तर्फबाट प्रदिप चौलागाई, सुचना अधिकारी डिल्लीराम भण्डारी तथा बेष्ट सञ्चार मिडिया प्रालिको तर्फबाट राजन भट्टराईको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.