इटहरीका वडा कार्यालयलाई उपमहानगरको पत्र “लेखापढीलाई हाताभित्र प्रवेश नदिनु”

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले मातहतका सबै वडा कार्यालयमा लेखापढी व्यवसायीले अनाधिकृत रुपमा सेवा ग्राहिसँग पारिश्रमिक भन्दै रकम असुल गर्ने गरेको भन्दै त्यस्तो कार्य रोक्न निर्देशन दिएको छ ।

लेखापढी व्यवसायीहरु कार्यलय भित्रै बसेर बिभिन्न निवेदनहरु लेखिदिने बाहानामा अस्वभाविक रुपमा पैसा असुल गर्ने गरेको उजुरी परेपछि उपमहानगरले मातहतका सबै वडालाई पत्राचार गर्दै उक्त कार्य तत्काल रोक्न भनेको हो ।

उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राम चरित्र मेहता द्वारा जारी सूचनामा वडा कार्यालय परिसरभित्र लेखापढी व्यवसायीको अनाधिकृत प्रवेश निषेध गर्न भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.