रामधुनीका माध्यमिक तहका विद्यार्थीका लागि बेष्ट सञ्चारले गर्यो समाचार लेखन कार्यशाला

रामधुनी । बेष्ट सञ्चार मिडिया प्रालि रामधुनी ५ झुम्काको आयोजनामा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीको लागि एक दिने समाचार लेखन कार्यशाला मंगलबार झुम्काको घोगी बगिया थारु भिलेज मा सम्पन्न गरिएको छ ।

रामधुनी नगरका बिभिन्न १३ संस्थागत वटा विद्यालयबाट सहभागि भएका छात्र तथा छात्रालाई समाचार लेखन सम्बन्धि आधारभुत जानकारी दिने उदेश्यले आयोजित कार्यक्रममा २९ जनाको सहभागिता रहेको थियो ।

कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थीहरु समाचार लेखन कार्यशालामा सहभागि भएका थिए । सहभागि विद्यार्थीलाई नेपाल पत्रकार महासंघ सुनसरी सदस्य तथा पत्रकार आर बि कटवालले सहजीकरण गरेका थिए ।

मंगलबार नै भएको समापन कार्यक्रममा रामधुनी नगरपालिकाकी उप प्रमुख तारा थापाले पढाइलाई पहिलो प्राथमिकतामा राखेर नानी बाबुलाई अतिरिक्त क्रियाकलापमा लगाउनुपर्ने बताइन ।

त्यस्तै सुनसरी जिल्ला प्याब्सनका उपाध्यक्ष रमेश कार्कीले पत्रकारिता सम्बन्धि आधारभुत सिप विकास गर्न बेष्ट सञ्चारले भुमिका खेलेको बताए । भने लर्डबुद्ध इन्टरनेशनल स्कुलका प्राचार्य अर्जुन प्रसाद न्यौपानेले अतिरिक्त ज्ञान हासिल गर्न यस्ता कार्यक्रमहरु बेला बेलामा आयोजना हुनुपर्नेमा जोड दिए ।

तालिममा सहभागी भएका बिद्यार्थीलाई प्रशिक्षक आर बी कटवाल, प्रमुख अतिथी रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापा, अतिथी हरु रमेश कार्की, अर्जुन प्रसाद न्यौपानेले सहभागिताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

सहभागीहरुको तर्फबाट आफ्नो भनाई राख्दै छात्रा प्राञ्जलि सापकोटाले आफुहरुले अपेक्षाकृत ज्ञान हासिल गरेको बताइन । विद्यार्थीले कितावको मात्रै ज्ञान नभएर बाहिरी ज्ञान पनि लिनुपर्ने बताउँदै उनले भोलिको दिनमा आमसञ्चार बिषय लिन चाहाने विद्यार्थीलाई बेष्ट सञ्चारले उपलव्ध गराएको तालिम उपलब्धिमूलक भएको समेत बताइन ।


बेष्ट सञ्चारका कार्यक्रम संयोजक राजन भट्टराईको सभापतित्वमा भएको समापन कार्यक्रम प्रकाश बन्जाराले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.