अन्ततः मिल्यो लाल बहादुरलाई न्याय

इटहरी । साहुले फसाएका कारण जेल परेका सुन पसलका कालिगढको काम गर्ने इटहरी १९ का लाल बहादुर विकले उच्च अदालत विराटनगरबाट न्याय पाएका छन् ।

सुन पसलमा गहना बनाउने काम गर्ने लालबहादुरलाई गएको पुसमा जिल्ला अदालत सुनसरीले डेढ वर्ष कैद, ७० हजार रुपैयाँ जरिबाना र झन्डै तीन करोड रुपैयाँ बिगो भराउने फैसला गरेको थियो । फैसला विरुद्ध उच्च अदालत पुगेका लाल बहादुरको पेशी सरेको पनि निकै लामो समय पछि मंगलबार फैसला भएको छ ।

छाक टार्नसमेत मुस्किल हुने लालबहादुरलाई अदालतले गरेको फैसलाको चौतर्फी आलोचना भएको थियो । अभियन्ता र केही वकिलको सहायतामा लालबहादुरले उच्च अदालतमा पुनरावेदन दिएका लालबहादुको चित्कारलाई अहिले अदालतले सुनिदिएको छ ।

उच्च अदालतका न्यायाधीश बिपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले लालबहादुरलाई सफाइ दिएको हो ।

इटहरीमा दीपक गजमेरको सुन पसलमा काम गर्ने लालबहादुरविरुद्ध २०७५ सालमा करौडौँ रुपैयाँ ठगीको मुद्दा परेको थियो । सुनसँगै पैसा पनि बचत गर्ने बचतकर्ताको रकम हिनामिना गर्ने काम साहुले गरे पनि आरोप भने लालबहादुरमाथि लागेको थियो ।

जिल्ला अदालतले दुई सय ७५ जनाको १८ करोड ८४ लाख ६६ हजार आठ सय ८९ रुपैयाँ बिगो कायम गरेकोमा लालबहादुरविरुद्ध तीन करोड रुपैयाँको बिगो, ७० हजार रुपैयाँ जरिबाना र डेढ वर्ष कैदको फैसला सुनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.