बढ्दै डेङ्गुका बिरामी, सुनसरीमा मात्रै पच्चिस सय संक्रमित

इटहरी । गर्मी र पानी जम्ने खाल्डाखुल्डी बढेसँगै डेङ्गुका विरामीको चाप बढेको छ । सुनसरी जिल्लामा मात्रै २ हजार ५ सय डेङ्गुका बिरामी रहेको सरुवा रोग नियन्त्रण महाशाखाले बताएको छ ।

कोशी प्रदेशमा २ हजार ७ सय ५४ बिरामी रहेको मा सुनसरीमा मात्रै पच्चिस सय देखिएको हो । जसमा धरान उपमहानगरपालिकामा बढी बिरामी छन् ।

देशमा डेङ्गुका चार हजार दुई सय ८९ बिरामी नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताएका छन् ।

महाशाखाका अनुसार असार ३० गते दुई हजार नौ सय ३० जनामा डेङ्गुको सङ्क्रमण भएको थियो । कोशी प्रदेशमा दुई हजार सात सय ५४, बागमती प्रदेशमा सात सय ७६, गण्डकी प्रदेशमा तीन सय ४४, सुदूरपश्चिम प्रदेशमा तीन सय १६, लुम्बिनी प्रदेशमा एक सय ६६, मधेस प्रदेशमा २२ जना र कर्णाली प्रदेशमा २० जनामा डेङ्गुका बिरामी रहेका छन् ।

डेङ्गु सङ्क्रमणले सबैभन्दा बढी १० जिल्ला प्रभावित भएका छन् । ती १० जिल्लामा मात्र तीन हजार छ सय ७१ बिरामी रहेका छन् । सुनसरी दुई हजार पाँच सय ४२, धादिङ चर सय एक, कास्की दुई सय पाँच, दार्चुला एक सय ९०, काठमाडौँ ८०, सङ्खुवासभा ६४, म्याग्दी ५४, कञ्चनपुर ५२, रुपन्देही ४५ र मोरङ ३८ बिरामी परेका छन् ।

डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्दछ । महाशाखाले डेङ्गु सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.