इटहरीको बौकामा आगलागी, करिव १० लाखको क्षति

इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ३ बौकाझोडाको एउटा गोठमा मंगलबार आगलागी हुँदा करिव १० लाख रुपैँया बराबरको क्षति भएको छ ।

रात करिव १० बजेको समयमा इटहरी ३ का रविन भट्टराईको गोठमा अचानक आगलागी भएको थाहा पाएपछि दमकललाई खबर गरिएको थियो ।

आगलागीबाट करिव ५० मन धान, मकै साथै कुटी काट्ने मेसिन, एउटा साइकल र गोठ जलेर खरानी भएको पिडित भट्टराईले जानकारी दिएका छन् । समयमै दमकल आएर आगो नियन्त्रणमा लिएका कारण थप क्षति हुन भने नपाएको स्थानीयबासिले बताए ।

रात कुखुरालाई चारो दिन जाँदा अचानक आगो देखिएपछि दमकललाई खवर गरिएको थियो । आगलागीको कारण भने अहिले सम्म खुल्न नसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.