कृषि कर्जाका लागि सडकले नछोएका जग्गाको पनि २० लाख सम्म दिनुपर्ने

इटहरी । बैंक तथा वित्तीय संस्थाहरूले सडकले नछोएको जग्गा धितोमा पनि २० लाख रुपैँया सम्म कर्जा प्रदान गर्नुपर्ने भएको छ । कृषि कर्जाका लागि सडकले नछोएका जग्गामा समेत कर्जा प्रवाह गर्न नेपाल राष्टबैँकले बैँक तथा वित्तीय संस्थालाई भनेको छ ।

कृषि कर्जामा वास्तविक किसानहरूको पहुँच सुनिश्चित गर्न नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्थालाई निरन्तरता दिइएको जनाएको छ ।

यससँगै खाद्य उत्पादन, पशुपालन तथा माछापालन व्यवसाय गर्न सडक बाटोले नछोएको जग्गालाई समेत धितोमा स्विकारी बैंकहरूले २० लाख रुपैयाँसम्म कृषि कर्जा प्रदान गर्नुपर्ने छ ।

कर्जा मागको फाइल बैंक तथा वित्तीय संस्थाहरूले सात कार्य दिन भित्र स्वीकृत गर्नुपर्ने हुन्छ । र कर्जा दिन नसकिने भए स्पष्ट कारण खुलाई जानकारी दिनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

कर्जा नदिए वा कुनै समस्या भए सेवाग्राहीले केन्द्रीय बैंकमा रिपोर्ट गर्न समेत सबैमा सुसूचित गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा जोखिमलाई हेरेर सडक ९मोटर बाटो०ले छोएको जग्गालाई मात्र धितो राखेर कर्जा प्रदान गर्ने गरेका थिए ।

यसले वास्तविक किसानहरू कृषि कर्जाबाट वञ्चित हुन परेको भन्दै विरोध भएपछि केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेर राहत दिने प्रयास गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.