सान्वी सिटी हस्पिटलमा भटाभट हुन थाले शल्यक्रिया, नर्मल डेलिभरीको चाप बढ्यो

इटहरी । इटहरी १६ लविपुरमा स्थापना भएको सान्वी सिटी हस्पिटलमा पछिल्लो समय निकै शल्यक्रिया हुन थालेका छन् ।

विशेषज्ञ डाक्टरहरुको सेवा रहेको सान्वी सिटीले धरान विराटनगरमा हुने उपचार इटहरीमै गर्न थालेपछि यहाँ शल्यक्रिया गराउनेको चाप बढेको बताएको छ ।

असारको अन्तिम हप्तादेखि साउनको सुरुवात सम्म हस्पिटलले ३ वटा प्रसुती गराइसकेको छ भने असार महिनामा मात्रै पनि शल्यक्रिया मार्फत २ वटा सफल प्रसुती गराएको छ । हस्पिटलले हालै हार्ड जोर्नी तथा नशा सम्बन्धिको सफल शल्यक्रिया समेत गराएको छ ।

वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सुरज दाहालको टिमले फिमोर फ्याक्चरको मेजर शल्यक्रिया गरेको हस्पिटलले जानकारी दिएको छ ।

सान्वीमा डा. सुरज दाहालले हार्ड जोर्नी तथा नशा रोगको उपचार गरिरहेका छन् भने यहाँ उत्कृष्ट प्रविधि सि आर्मबाट हार्डजार्नीको शल्यक्रिया हुने गरेको छ ।

डा. सोमा गुप्ता र राम विशेश्वर साहको टिमले प्रसुती तर्फको सेवा प्रवाह गरेको हस्पिटलले बताएको छ । स्त्री तथा प्रसुती तथा हार्ड जोर्नी तर्फ विशेषज्ञ सेवा दिइरहेको सान्वी सिटी हस्पिटलले दन्तरोग विशेषज्ञ, नाक, कान , घाँटी र जनरल प्राक्टिसनर सहितको विशेषज्ञ सेवा दिइरहेको छ ।

इटहरी आसपासका विरामीलाई धरान तथा विराटनगरनै धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै सान्वी सिटीले आईसियु एनआईसियु सहित २४ सै घण्टा सेवा प्रवाह गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.