असोजभित्र कर बुझाउने नगरबासीलाई रामधुनी नगरपालिकाको दश प्रतिशत छुट

इटहरी । सुनसरीको रामधुनी नगरपालिकाले चालु आर्थिक बर्षको असोज मसान्त सम्म कर बुझाउने नगरबासीलाई दश प्रतिशत छुट दिने भएको छ ।

नगरमा बुझाउने सम्पत्ती कर, भुमिकर, मालपोत कर र व्यावसाय कर असोज मसान्त सम्म तिर्दा दश प्रतिशत छुट दिने भएको हो ।
त्यस्तै पौष मसान्त सम्म कर तिर्ने करदातालाई सो आर्थिक बर्षको करको दर बमोजिम र पौष पश्चात कर बुझाउने करदातालाई भने पन्ध्र प्रतिशत जरिवाना लाग्ने भएको छ । ढिला गरी कर बुझाउने करदातालाई भने नगरले गत आर्थिक बर्षको २५ प्रतिशत र सो भन्दा बढी भए प्रतिवर्ष ५ प्रतिशत थप जरिवाना लाग्ने भएको छ ।

नगरपालिकाले सोमबार एक सुचना जारी गर्दै सम्पत्ती कर, भुमिकर र व्यावसाय करमा आर्थिक बर्ष २०७९/ ०८० सम्मको बक्यौतामा लाग्ने सबै जरिवाना रकम असोज मसान्त सम्मको लागि छुट दिएको छ भने घरजग्गा बहाल करमा समेत २०८० /०८१ को आश्विन मसान्त भित्र चुत्ता गरे जरिवाना नलाग्ने भएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.