डेंगुका बिरामीलाई बिपी क्याम्पमा छुट्टै क्लिनिक

इटहरी । सुनसरीको धरानमा डेगुका बिरामी बढेपछि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै क्लिनिक सन्चालन गरिएको छ । डेगुका बिरामीलाई उपचारमा सहजता दिलाउन उक्त क्लिनिक सन्चालन गरीएको हस्पिटलले जनाएको छ ।

प्रतिष्ठानका अनुसार धरान उप महानगरपालिकासँगको सहकार्यमा असार २९ गतेदेखि क्लिनिक सञ्चालनमा आएको हो । प्रतिष्ठानको ओपिडी भवन अगाडि टेन्ट टाँगेर डेंगु क्लिनिकमार्फत उपचार सेवा प्रदान भइहरेको छ ।

क्लिनिकमा प्रतिष्ठानबाट चिकित्सक, नर्स, प्यारामेडिक्स जनशक्तिको व्यवस्था गरिएको छ भने धरान उपमहानगरपालिकाले ५ सय थान डेंगु परिक्षण किट उपलब्ध गराएको छ । यस्तै, उपचारका लागि आउने सर्वसाधारणका लागि टेन्ट, कुर्सीको व्यवस्था पनि उपमहानगरपालिकाले गरिदिएको प्रतिष्ठानका सहायक प्रवक्ता डा। चुरामणी पोखरेलले जानकारी दिए ।

अस्पताल प्रशासनका अनुसार क्लिनिक सातै दिन सञ्चालनमा रहनेछ । क्लिनिक आइतबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म र शनिबार बिहान ९ बजेदेखि १२ बजेसम्म सञ्चालनमा रहनेछ ।

क्लिनिकमा आउने विरामीहरूका लागि डेंगुको परिक्षण निःशुल्क रुपमा गरिने व्यवस्था गरिएको छ । क्लिनिकमा आउनेमध्ये करिब ८० प्रतिशतमा डेंगु संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.