झुम्काको साई हस्पिटलमा अर्को सफल कलरबोनको शल्यक्रिया

रामधुनी । रामधुनी १ झुम्कामा सन्चालन भएको साई हस्पिटल प्रालिले अर्को सफल शल्यक्रिया गरेको छ ।

केहि दिन अघिमात्रै एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरेको साई हस्पिटलले बिधुत प्राधिकरण का कर्मचारी बिरेन्द्र सरदारको कलर बोनको सफल शल्यक्रिया गरेको हो ।

सरदारको मोटरसाइकल दुर्घटनामा परी कुमको कलर बोन अर्थात घाँटीको हड्डी भाँचिएको थियो । डा.रोविन श्रेष्ठ को नेतृत्वमा डा.धिरज सिंह र डा.राजन राई को टोलीले शल्यक्रिया गरेको हस्पिटलले बताएको छ । शल्यक्रियामा प्राबिधिक तर्फ प्रदिप चौलागाईं को नेतृत्व मा रोहिणी भट्टराई र रिमा चौधरीको भुमिका रहेको हस्पिटलका सुचना अधिकारी डिल्लीराम भण्डारीले जानकारी दिए ।

शल्यक्रिया गरिएको सरदारको अहिले वार्डमा सारेर उपचार गरिँदै छ । यो शल्यक्रिया सँगै अब सानो ठुलो शल्यक्रियाको लागी बिराटनगर र धरान जानुपर्ने बाध्यता हट्दै गएको हस्पिटलका प्रबन्ध निर्देशक दुर्गा प्रसाद फुयाँल बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.