इटहरी उद्योग वाणिज्य संघले व्यावसायीको घरघर पुगेर गर्यो सदस्यता नविकरण, सदस्यताबाट उठेको रकम अक्षय कोषमा

इटहरी । उद्योग वाणिज्य संघ इटहरीले व्यावसायीको घर दैलोमै पुगेर सदस्यता नविकरण गरेको छ ।

संघले ४ जना करार कर्मचारी राखेरै व्यावसायीका समस्या सहित घरदैलोमै पुगेर सदस्यता नविकरण गराएको हो । असार १ गतेदेखि असार ३१ गतेसम्मै व्यावसायीको समस्या टिपोट गर्दैै सदस्यता नविकरण गराइएको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले बताए ।

विगतमा अध्यक्षमा उम्मेद्वारी दिने व्यक्तिले भोटको लागि अधिकांश व्यावसायीको फर्म नविकरण गर्ने प्रचलन रहेकोमा यसपाला भने घरदैलोमै पुगेर व्यावसायीलाई नै उत्तरदायी बनाउँदै नविकरण गरिएको अध्यक्ष पराजुलीले बताए ।

हरेक व्यावसायीले सदस्यता नवीकरणको क्रममा तिरेको ११ सय रूपैँयाबाट ५ सय रुपैँया अक्षय कोषमा राख्ने गरी बोर्ड बैठकले निर्णय गरिसकेको अध्यक्ष पराजुलीले जानकारी दिएका छन् । ‘उक्त रकम अक्षय कोषमा राख्ने कार्यबिधि बन्ने क्रममा छ अक्षयकोषको रकम व्यावसायीलाई साह्रो गाह्रो पर्दा खर्च गर्न सकियोस भनेर यो अवधारणा ल्याइएको हो ।’ पराजुलीले बेष्ट सञ्चारलाई सुनाए ।

यस पटक संघका कर्मचारीहरु नगरको २० वटै वडामा पुगेको र व्यावसायीका समस्याहरु संकलन गरीएको उवासंघले बताएको छ ।
शुद्ध व्यापारी खोज्ने क्रममा आफुहरु व्यावसायीको घरदैलोमा पुगेर उनिहरुको समस्या सुन्दै भावी योजना तर्जुमा गर्न लागेको पराजुलीको भनाई थियो ।

गत आर्थिक बर्षको अन्त्य सम्ममा करिव १२ सय व्यावसायीले आफ्नो सदस्यता नविकरण गरेको उवासंघले बताएको छ । करारमा खटिएका कर्मचारीले मात्रै करिव ९ सय व्यावसायीको सदस्यता घरदैलोमै पुगेर नविकरण गरेका थिए । कतिपय सदस्यले उवासंघमै गएर पनि सदस्यता नविकरण गरेको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.