नजानेको तर एउटा “भव्य” कार्यक्रम

प्रकाश बन्जारा ।

सवैलाई थाहै छ मान्छे फाइदाको पछाडी दौडिन्छ । जहाँ फाइदा छैन त्यहाँ दौडिनुको अर्थ पनि छैन तर सामाजिक प्राणी भएपछि अलिकति भएपनि सामाज तिर हेर्नुपर्छ । चियो चर्चो गर्नुपर्छ र घुलमिल हुनुपर्छ भन्ने हो त्यस बापत तपाईले नगदमा फाइदा कमाउनुहुन्न त्यो क्रेडिटमा छान्छ अर्थात उद्यारो हुन्छ ।

गत शुक्रबार रामधुनी नगरपालिकाको झुम्कामा एउटा सामाजिक कार्यक्रमको आयोजना गरियो । सामाजिक काम नितान्त महादान सम्बन्धिको कार्यक्रम । डिल्लीराम भण्डारी झुम्काको साई हस्पिटलको सुचना अधिकारीको रुपमा कार्यरत हुनुहुन्छ । समाजसेवाको भावना लुकेको व्यक्तिले अंगदान संग सम्बन्धित एउटा कार्यक्रम झुम्कामा गरौँ न भनेर प्रस्ताव गर्नुभयो ।

मान्छेको जिवन मरेर जान्छ । हिन्दु परम्परा अनुसार मृत्यु पछि घाटमा लगेर जलाइन्छ र इह लिला समाप्त हुन्छ । केहि अन्य परम्परामा गाड्ने चलन छ गाडिन्छ अनि छोपिन्छ सकिन्छ ।

यता अंगको अभावमा हस्पिटलको बेडमा छटपटाइरहेका बिरामीको पिडा त्यस्तै छ । मानव शरीरका केहि अंगहरु दानयोग्य हुन्छन् । कतिपय अंग त हामी मरेर गइसकेपछि पनि निकालेर अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । जस्तो किड्नी, सानो आन्द्रा, छाला, आँखाको रेटिना, जस्ता अंगहरु हामीबाट निकालेर अर्कोमा प्रत्यारोपण गर्दै अरु कसैलाई नयाँ जिवन दिन सकिने भएकाले डिल्लीराम सरले राखेको प्रस्तावलाई मैले स्वीकार गरेँ ।

म वेष्ट सञ्चार मिडियामा आवद्ध रहेकाले सहकर्मी साथी राजन भट्टराईलाई पनि कुरा राखेँ ।नगदमा फाइदा नभएपनि यो कार्यक्रम सफल पारौँ भन्ने हाम्रो ध्येय भयो । फलैँचा न्युज बाट सुमन भट्टराई र हामी मिडिया पार्टनरको रुपमा रहने भयौँ । कार्यक्रम गर्न आयोजकको व्यानर खोज्यौँ । स्वास्थ्य क्षेत्रमा का मगर्ने राष्ट्रिय अन्तराष्ट्रिय संस्थाले पाँचतारे होटलमा कार्यक्रम गरेजस्तो गरेर करोडौँ कुम्ल्याएका छन् हामीलाई व्यानर भएन ।

अन्तिममा व्यानरनै त हो साइ हस्पिटल झुम्काका प्रबन्ध निर्देशक दुर्गा प्रसाद फुयालले मन ठुलो बनाउँद आफ्नो ब्यानरका कार्यक्रम गर्न भन्नुभयो । त्यसपछि काठमाण्डौको ओखती सोलुसन र साई हस्पिटलको सयुक्त ब्यानरमा आयोजना गर्ने निधो भयो ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ सहित ६ जनाको टोली हाम्रो कार्यक्रमलाई सफल बनाउन आउने खवरले हामीलाई झनै उत्साहित बनायो ।

कार्यक्रमको सबैभन्दा जटिल मानिएको आर्थिक पाटोमा हामीले साई हस्पिटल, ओखती सोलुसन, सुरेन्द्र ढकाल फाउन्डेसन, लगायतबाट पाउने भयौँ । डिल्लीराम सरको प्रस्तावमा इटहरीका लायन्स इटहरी क्रियटिभ लेडी, महिला सन्चालन इटहरी , माया घर इटहरी, लायन्स क्लव अफ बराहाक्षेत्र, नागरिक समाज इटहरीबाट सकारात्मक प्रतिक्रिया आयो । रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरीलाई हामीले नगरमा भेटेर कार्यक्रमको खवर सुनायौँ ।

अंगदान जस्ता महान कार्यको सुरुवात रामधुनीमा हुनु नगरको लागि समेत राम्रो पक्ष भएको हामीले नगर प्रमुखलाई ब्रिफिङ गर्यो उहाँले कार्यक्रममा आउने बचन दिनुभयो । निम्तो प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, शसस्त्र प्रहरी बल बराहा बाहिनी प्रमुख, इटहरी उद्योग वाणिज्य संघ, झुम्का उद्योग वाणिज्य संघ, इनरुवा नगरपालिकाका नगरप्रमुख, इटहरी उपमहानगरका नगरप्रमुख लगायतलाई पनि दिइएको थियो । इटहरी उद्योग वाणिज्य संघले त सहयोग गर्ने बचन समेत दियो तर कार्यक्रममा नाक मुख देखाएन यता लायन्स क्लव अफ रामधुनी, लियो क्लव लगायतले सहमति दिएपनि कार्यक्रममा आएनन् । राजनितिक पार्टीलाई निम्तो गरिएन ३ दिन माइकिङ गरियो । प्रचार प्रसार र सुचना सामाग्रीको छपाइमा १० हजार भन्दा बढी सकियो तर उपस्थिती शुन्य । हाम्रो अपेक्षा २ सय बढीको थियो । जनता बहुमुखी क्याम्पस इटहरीका स्ववियु सभापति सहदेव काफ्लेको सहयोगमा क्याम्पसमै विद्यार्थीलाई अंगदान सम्बन्धि अन्तरक्रिया गर्दै निम्तो दिइएको थियो । कार्यक्रमको दिन काफ्ले एक्ले देखा परे ।

त्यति दुखले कार्यक्रम तय गरेर उपत्यकाबाटै ६ जनाको अतिथी टोली बोलाउँदा समेत उपस्थिती न्युन देख्दा बडो चिन्ता लाग्यो । आखिर हाम्रो समाज कुन दिशा तर्फ जाँदैछ भनेर । कम्तीमा ५० जनाको मात्रै महत्वपुर्ण उपस्थिती रहेको भए कार्यक्रम निकै सार्थक हुन्थ्यो होला तर त्यो उपस्थिती भएन करिव ४० जनाको हाराहारीको उपस्थितीमा कार्यक्रम सम्पन्न गराइयो । केहि पहिल्यै भरेका र केहि त्यो दिन गरेर झु््म्काबाट ५३ जनाले सो दिन अंगदान दिने घोषणा गर्दै इच्छापत्रमा हस्ताक्षर गरे ।

यो कार्यक्रम राजधानी बाहिरको अहिले सम्मकै पहिलो कार्यक्रम रहेको बताउँदै शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक पुकार चन्द्र श्रेष्ठले खुशी व्यक्त गरे । सोहि अवसरमा रामधुनी नगरपालिकाका प्रमुख शंकरलाल चौधरीले पनि मृत्यु पश्चात आफ्नो अंग दान गर्ने इच्छापत्रमा हस्ताक्षर गरे । समग्रमा कार्यक्रमलाई सफल बनाउन भुमिका खेल्ने सम्पुर्णमा धन्यवाद दिन चाहान्छु । कार्यक्रमको सफल उद्घोषण गर्नुहुने संचारकर्मी ज्योति पोखरेल, मिडिया पार्टनर फलैँचा न्युजका सुमन भट्टराई, आयोजक साई हस्पिटल र ओखरी सोलुसन साथै हल प्रदान गर्ने कल्पवृक्ष पार्टी प्यालेस र अन्य सम्पुर्ण यो कार्यक्रम सफलताको सारथी हुनुहुन्छ ।हाम्रो उपलव्धि भनेको कम्तीमा राजधानी बाहिर अंगदान सम्बन्धि अन्तक्रिया रामधुनीको झुम्काबाट सुरु भयो त्यो काममा प्रत्यक्ष अप्रत्यक्ष हामी जोडिऔँ र सफल भएको महशुस गयौँ । कार्यक्रम गरेर केहि ऋण डिल्लिराम सरले बोक्नु भएको छ । बाँकि कुरा नगरौँ । डिल्लीराम सरको समाजसेवाको भाव कहिल्यै नमरोस शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.