इटहरी । झापाको दमक नगरपालिकाले सहकारी संस्थाबाट लिएको ऋण समयमै तिर्न नगरबासीलाई आग्रह गरेको छ ।
सहकारी संस्थाबाट ऋण लिई केही सदस्यहरुले ऋण लिई केही सदस्यहरुको तोकिएको भाका भित्र नियमित किस्ता तथा सावाँ व्याज नबुझाउने , भाका भित्र साँवा व्याज बुझाउन ताकेता गर्दा समेत अटेर गर्ने गरेको भन्दै झापा जिल्ला सहकारी संघले सहजिकरण गर्न अनुरोध गरेपनि नगरपालिकाले सुचना जारी गर्दै ऋण तिर्न भनेको हो ।
दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत यज्ञराज निरौलाले सोमबार सुचना जारी गर्दै नियमित किस्ता तथा लिएको ऋण नबुझाउने सदस्यले नियमित संचालक समितिको सम्पर्कमा आई छलफल गर्न भनेका छन् ।
सूचनामा नियमित किस्ता बुझाई कालोसुचीमा पर्नबाट जोगिन समेत अनुरोध गरिएको छ । यस्तै सहकारी संस्थाबाट लिएको ऋण तिर्न पर्दैन भन्ने हल्लाको पछाडी नलाग्न अनुरोध समेत गरिएको छ । ऋण लिएर ऋणको सावाँ व्याज नबुझाइ अटेर गर्ने सदस्यलाई प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरा समेत सूचनामा समेटिएको छ ।