राजन भट्टराई ।
सानो बिमार हुनासाथ धरान अथवा विराटनगर धाइहाल्ने जमानाको अन्त्य गर्दै इटहरीमा सान्वी सिटी हस्पिटल सन्चालनमा आएको छ ।
विशेष गरी गम्भिर प्रकृतिका विरामीलाई आईसीयु तथा एनआईसियुको खोजी गर्दै धरान विराटनगर चाहर्नुपर्ने समस्याको अन्त्य सान्वी सिटीले गरेको हो । स्त्री तथा प्रसुती रोग विशेषज्ञ तथा हार्ड जोर्नी तथा नसाका साथै जनरल प्राक्टिसनरको सेवालाई ग्राहयता दिएर सन्चालन गरीएको सान्वी सिटी हस्पिटल इटहरी १६ लविपुर चोकै निर छ ।
गत माघबाट बहिरंग सेवा अर्थात ओपिडी सन्चालन गरेको सान्वी सिटी हस्पिटलहरूको भिडमा पनि छुट्टै हस्पिटल भएको हस्पिटलकी डाइरेक्टर डा. सोमा गुप्ता बताउँछिन् । ‘हामी सर्भिस भन्दा पनि क्वालिटी सर्भिस दिन्छौँ । त्यहाँ भन्दा फाल्टो त हाम्रो विशेषज्ञ डाक्टरहरुको सेवा नै हो । ’ डा. गुप्ताले बेष्ट सञ्चारसँग भनिन् ।
इटहरी आसपास थुप्रे हस्पिटलहरू सन्चालन भइरहेको अवस्थामा पनि स्त्री तथा प्रसूति र हार्ड जोर्नी रोगका विशेषज्ञ डाक्टरहरु आफुसँग २४ सै घण्टा सेवा दिन तयार रहेको सान्वीको भनाई छ । आफूहरुसँग मल्टिपल डाक्टरहरु रहेका कारण गम्भिर प्रकृतिका प्रसुती तथा शल्यक्रियाको विरामीको तत्काल उपचार गर्न आफुहरु तयार रहेको निर्देशक गुप्ताको भनाई छ ।
स्थापनाको छोटो समयमै शल्यक्रियाको माध्यमबाट प्रसूति गराउन सुरु गरेको सान्वी सिटी हस्पिटल आफुहरु समुहमा काम गर्ने गरेको बताउँछ । ‘हामी टिममा काम गर्छौँ । हामीसँग मल्टिपल डाक्टरहरु हुनुहुन्छ । सहकार्यका साथ बिरामीको उपचारमा संलग्न हुन्छौँ । हामीले ३ वटा सफल प्रसुती छोटो समयमै गराइसकेको छौँ ’ स्त्री तथा प्रसूति रोग विशेषज्ञ समेत रहेकी डा गुप्ताले हामीसँग भनिन् ।
लामो समयदेखि स्वास्थ्य सेवाको क्षेत्रमा काम गरेको अनुभवलाई आफनै क्षेत्रमा लगाउन सान्वी सिटी हस्पिटलको कन्सेप्ट ल्याएको गुप्ताको भनाई थियो ।
छेवैमा लमतन्न पुर्व पश्चिम राजमार्ग, त्यहीँ टासिएको सान्वी सिटी हस्पिटल इटहरी क्षेत्रमा विशेष हुनुको कारण आईसीयु एन आईसीयु सहितको उपचार सेवा पनि हो । ‘हस्पिटलहरू त यहाँ थुप्रै छन् तर आवश्यक परेको बेला आईसीयु एनआईसियुको लागि धरान वा विराटनगरमै जानुपर्ने अवस्था छ त्यसको अन्य गर्न इटहरीमा सान्वी सिटी स्थापना गरेको हस्पिटलका सञ्चालकको भनाई छ ।
सान्वी सिटीमा लामो समय पाटन हस्पिटल रहेको एम.डी जनरल प््रयाक्टिसनर डा. मुकेश कुमार साहको सेवा साथै स्त्री तथा प्रसुती तर्फ विशेषज्ञ डाक्टरहरु सोमा गुप्ता र राम विशेश्वर साहको सेवा रहेको हस्पिटल बताउँछ त्यो भन्दा फाल्टो डेन्टल तर्फ डा. आदित्य साह र डा.नेहा साह साथै हार्ड जोर्नी तथा नसा रोग विशेषज्ञ डा.सन्दिप अधिकारी र सरोज दाहालको सेवा समेत सान्वीमा रहेको बताइएको छ । हार्ड जोर्नी का लागि विशेषज्ञ डाक्टरले सि आर्म मेसिनबाट शल्यक्रिया गर्ने प्रविधि जडान गरिएको छ । पछिल्लो समयमा नाक, कान तथा घाँटीका लागि डा. प्रविद गजुरेल समेत सान्वीसँग जोडिएका छन् ।
समयमा नै हस्पिटल जाने नगर्नाले बिरामीहरु गम्भिर समस्यामा हुने गरेका छन् । केहि बिरामी हुनासाथ पहिला फार्मेसी गएर औषधि खाने र अन्तिममा मात्रै हस्पिटल जाने क्रमले समस्या निम्त्याउने गर्छ अत ः समयमै स्वास्थ्य संस्थामा गएर स्वास्थ्यको जाँच गर्न सके गम्भिर समस्याबाट बच्न सकिन्छ । सामान्यतया त्यसको दोषि भने हस्पिटललाई करार गर्ने प्रचलन रहेको छ त्यसमा विरामीको पनि गल्ति कमजोरी हुन्छन् त्यसमा सबै सचेत रहनुपर्छ ।
‘सकेसम्म कुनै पनि औषधिहरु खानु पुर्व विज्ञसँग परामर्श गरेर मात्रै खानुहोस् अन्धाधुन्द औषधि प्रयोग गर्दा त्यसले किड्नीलाई असर गर्नुका साथै अन्य स्वास्थ्य समस्या समेत आउन सक्छन् ।
सान्वी सिटीले दैनिक २५० देखि ३ सय विरामीलाई सेवा दिन सक्ने सामथ्र्य राख्दछ । सुनसरी, सप्तरी, उदयपुर, मोरङ्ग, ताप्लेजुङ तथा धनकुटा सम्मका विरामीलाई सेवा दिइसकेको सान्वी सिटीले चाँडै कपाल ट्रान्स प्लान्टको सेवा समेत सुरु गर्न लागेको बताएको छ ।
सुनसरीका इनरुवा, प्रकाशपुर, वराहक्षेत्र, राम धुनीसहित इटहरीको लवीपुर र बजार क्षेत्रका बिरामीहरुलाई लक्षित गरी अत्याधुनिक अस्पताल सञ्चालनमा ल्याइएको अस्पतालमा हाल दुई दर्जनभन्दा बढी विशेषज्ञ डाक्टर तथा अनुभवी मेडिकल अफिसरहरू आबद्ध छन् ।
स्थापनाको छोटो समयमा पनि सामान्य देखि जटिल शल्यक्रियाहरू गरिसकेको सान्वी सिटीमा उच्चस्तरिय ल्याव सेवा, २४ सै घण्टा फार्मेसी सेवा, जनरल वार्ड, प्रसुती गराउनका लागि लेवर रुमका साथै डिजिटल एक्सरे, भिडियो एक्सरे सेवा समेत सन्चालनमा आएको बताएको छ ।