इटहरी । लामो समयदेखि मुख्यमन्त्रीको दौडमा रहेको माओवादी नेता इन्द्र बहादु आङ्गवोको सपनामा यसपालि पनि तुषारापात हुने सम्भावना बढेको छ ।
मंगलबार प्रद्यानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले ठुलो दलको हिसावले कांग्रेसले प्रदेश मन्त्रालयले नेतृत्व गर्ने गरी बहुमत जुटाउन जिम्मा दिने निर्णय गरेसँगै माओवादीले मुख्यमन्त्री पाउने सम्भावना टरेर गएको हो ।
सत्ता गठबन्धनको बैठकले गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिने निर्णय गरेको हो । गठबन्धनभित्र सबैभन्दा ठूलो संख्या कांग्रेसको रहेकोले कांग्रेसलाई मुख्यमन्त्री दिने निर्णय भएको बैठकमा सहभागी नेताले बताएका छन् । स
बैभन्दा ठूलो दल काँग्रेस रहेकोले उसको नेतृत्वमा सरकार गठन गर्न प्रदेशलाई सुझाब दिने निर्णय भएको हो । प्रदेश सरकारमा नेकपा माओवादीले मुख्यमन्त्रीको दावी गर्दै आएको थियो भने आफ्नो कुनै प्रदेश नरहेको भन्दै नेकपा एकिकृत समाजवादीले पनि मुख्यमन्त्री पाउने आशा जगाएको थियो ।
गत पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ सिट चाहिन्छ ।
राप्रपाले एमालेसँगको गठबन्धन नछोडेको अवस्थामा विपक्षी गठबन्धनको बहुमत पुग्न समस्या छन् । नेपाली कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धनसँग ४७ सीट रहेको छ ।
सभामुखले निर्णायक मत दिन पाउने बहस गठबन्धनको छ भने नेकपा एमालेले भने त्यसको विरोध गरिरहेको छ । राप्रपाको साथ पाए सरकार गठन सहज देखिन्छ भने अन्य अवस्थामा त्यत्ति सहज देखिदैन ।

