झुम्का । रामधुनी नगर प्यावसनमा आवद्ध नीजि विद्यालय आज बुधबार बन्द रहने भएका छन् ।
प्यावसनमा आवद्ध सदस्य विद्यालय ई विस्डम स्कुल रामधुनी ९ की शिक्षिका दिक्षा चौधरीको मृत्यु भएपछि शोक मनाउन विद्यालय बन्द गरिएको रामधुनी नगर प्यावसनका अध्यक्ष अच्युत ढकालले जानकारी दिए ।
मृतक शिक्षिका प्रति श्रदाञ्जति व्यक्त गर्दै आज बुधबार विद्यालय बन्द रहने सुचना नगर प्यावसनका अध्यक्ष अच्युत ढकालद्धारा हस्ताक्षर गरिएको सुचनामा उल्लेख गरिएको छ ।

