कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत, ढल्यो एमाले सरकार, नया सरकारको कसरत सुरु

इटहरी ।  पुस २४ गते ६० जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री भएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको खिचडी पाक्न थालेको छ ।

शुक्रबार विश्वासको मत लिने कार्यक्रममा १ मतले गर्दा मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परको हो । विश्वासको मत नपाएसँगै हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका छन् । मुख्यमन्त्रीले बिश्वासको मत माग्दै राखेको प्रस्ताबमाथि आज भएको मतदानमा कार्कीले ४६ मत मात्र प्राप्त गरेका हुन् ।

प्रदेशसभाको ९३ सदस्यमध्ये विश्वासको मत प्राप्त गर्न ४७ जनाको मत आवश्यक थियो । उनले एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यको मात्र मत प्राप्त गरे ।

कार्कीको बिपक्षमा ४३ मत परेको छ । विपक्षी गठबन्धनमा रहेका ४६ जनामध्ये ३ जना बैठकमा अनुपस्थित थिए । जसपाले तठस्थ बस्ने निर्णय गरेकोले निर्मला लिम्बु अनुपस्थित थिइन भने काङ्ग्रेसका एक र माओवादी केन्द्रका एक साम्सद पनि उपस्थित थिएनन् ।

हिजोको बैठकमा विश्वासको मत मागेपछि अन्य दलका नेताले उठाएको विषयमा मुख्यमन्त्रीको आज जवाफ दिएपछि मतदान भएको थियो । यसअघि हिजै जवाफ दिने र मतदान गर्ने कार्यसुची रहेकोमा त्यसको तयारीको लागि आधा घण्टा बैठक स्थगित भएकोमा मुख्यमन्त्री र मन्त्रीहरु एकाएक प्रदेशसभाबाट निस्केका थिए । उनीहरुलाई पर्खदै ९ बजेसम्म अन्य प्रदेशसभा सदस्य र सभामुख बसेपनि नआएपछि बैठक आजको लागि स्थगित भएको थियो ।

मुख्यमन्त्रीले विश्वासको मत नपाएको जानकारी अब प्रदेशसभाले प्रदेश प्रमुखलाई गराएपछि नयाँ सरकार निर्माणको प्रक्रिया अगाडि बढ्नेछ ।
मुख्यमन्त्रीले बिश्वासको मत माग्दै राखेको प्रस्ताबमाथि आज भएको मतदानमा कार्कीले ४६ मत मात्र प्राप्त गरेका हुन् ।

प्रदेशसभाको ९३ सदस्यमध्ये विश्वासको मत प्राप्त गर्न ४७ जनाको मत आवश्यक थियो । उनले एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यको मात्र मत प्राप्त गरे । कार्कीको बिपक्षमा ४३ मत परेको छ । विपक्षी गठबन्धनमा रहेका ४६ जनामध्ये ३ जना बैठकमा अनुपस्थित थिए । जसपाले तठस्थ बस्ने निर्णय गरेकोले निर्मला लिम्बु अनुपस्थित थिइन भने काङ्ग्रेसका एक र माओवादी केन्द्रका एक साम्सद पनि उपस्थित थिएनन् ।

हिजोको बैठकमा विश्वासको मत मागेपछि अन्य दलका नेताले उठाएको विषयमा मुख्यमन्त्रीको आज जवाफ दिएपछि मतदान भएको थियो । यसअघि हिजै जवाफ दिने र मतदान गर्ने कार्यसुची रहेकोमा त्यसको तयारीको लागि आधा घण्टा बैठक स्थगित भएकोमा मुख्यमन्त्री र मन्त्रीहरु एकाएक प्रदेशसभाबाट निस्केका थिए । उनीहरुलाई पर्खदै ९ बजेसम्म अन्य प्रदेशसभा सदस्य र सभामुख बसेपनि नआएपछि बैठक आजको लागि स्थगित भएको थियो ।

मुख्यमन्त्रीले विश्वासको मत नपाएको जानकारी आजै शुक्रबार मुख्यमन्त्री कार्की र माओवादीका साथै नेकपा एकिकृत समाजवादी र कांग्रेसले गरीइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.