रामधुनी ।पशुहरूमा लगाइने खोरेत खोपमा सुनसरी जिल्लाको रामधुनी नगरपालिकामा व्यापक अनियमितता भएको पाइएको छ ।
कोशी प्रदेशको सुनसरीमा रहेको भेटेनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र इनरुवाबाट नियुक्त भई भ्याक्सिनेटरको जिम्मेवारी पाएका हरुले नै अनियमितता गरेको तथ्य बाहिर आएको हो ।
रामधुनी नगरमा खटिएर आएका आवास भण्डारी, संगीता महता र बिक्रि धामिले आफुले हानेभन्दा बढी खोप देखाएर अनियमिता गरेका हुन । जिल्ला भेटेनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्रले गरेको अनुगमनमा भ्याक्सिनेटरहरु सबै लाभग्राहिकोमा नपुगेको तथा पुगेका ठाउँमा समेत आफुले खोप लगाएभन्दा बढी संख्या देखाएको पाइएको हो ।
कतिपय बसाई सरी गएका घरको समेत नाम लेखेर बढी खोप लगाएको देखाइएको अनुगमनमा देखिएको पशु विज्ञ सेवा केन्द्रले बताएको छ ।
वडा नम्बर ७ मा खोप हान्ने जिम्मा पाएकी भ्याक्सिनेटर संगीता महताको सहयोग गर्छु भन्दै आएका पुर्व अधिकृत शीवराम केसीले त हाकाहाकी २० बर्ष पहिलाकै दरभाउमा खोप हान्न लगाएर सरकारले भ्याक्सिनेटरलाई उपयुक्त सुविधा नदिएपछि ‘पेट्रोल खर्च’ निकालेको बताए ।
रामधुनी नगरपालिकाकै पुर्व कर्मचारी केसीले वडा नम्बर ७ मा संगीतालाई सघाउने भन्दै फाराम भर्ने काम गरेका थिए ।
सरकारका बिभिन्न तहले कमिसनमै का मगर्ने गरेको बताउँदै केसीले जनताले पनि अनुगमन गर्नपर्ने बताएपनि सिधै आफुले केहि खर्च निकालेको भनाई राखे ।
अनियमितता हुने आशंकामा हरेक पालिकामा २ जनाको टोली पठाएर अनुगमन थालेको भेटेनरी अस्पतालमा प्रमुख कुमार सिंह खत्री बताउँछन् । यता खोपमा संलग्न विक्रम धामीले वडा नम्बर ६ मा खोप लगाउँदा बसाई सरी गएका तथा घरमा पशु नभएका घर मुलिको नाम समेत हालेर लिष्ट पठाएको खुलेको छ । कतिपय ठाउँमा २ वटा पशुलाई खोप लगाएको भएपनि त्यसलाई संख्या बढाएर भुक्तानीका लागि पठाएको पाइएको छ ।
जिल्ला भेटेनरी अस्पतालले भुक्तानी पुर्व अनुगमनका लागि भन्दै २ जना कर्मचारी खटाएपछि अनियमितता खुलेको हो ।
यस बर्षबाट भने खोरेत विरुद्धको खोप नगरबाटै हान्नेगरी परिपत्र आएको रामधुनी नगरपालिका पशु सेवा शाखाका भेटेनरी प्राविधिक दुर्गा प्रसाद पराजुली बताउँछन् ।
माघदेखि काम असारमा नियुक्ति
जिल्ला भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रबाट नाम निकालेर काम गरिरहेका खोप कर्ता आभास भण्डारी र बिक्रम धामीलाई नियुक्तिपत्र नै नदिइकन काममा लगाएको पाइएको छ ।
रामधुनी नगरको पशुसेवा शाखामा आएको नियुक्तिपत्र कार्यलयका पाँचौ तहका कर्मचारी शिवराम मोचिले भ्याक्सिनेटरलाई नदिएको पाइएको हो ।
खोपमा अनियमितता भएको भन्ने समाचार पछि भ्याक्सिनेटरले नियुक्तिपत्रबारे सोधि खोजी गर्दा मोचिले आफुसँग भएको जवाफ दिएका थिए । नियुक्तिपत्र विनै काम गरेका बिक्रम र आभासले असार १२ गते नियुक्तिपत्र पाएका छन् ।
उनिहरुलाई गत सालको पुस महिनाबाटै काममा लगाइएको थियो । उनीहरुसँगै काम गर्ने संगीता महताले भने नियुक्तिपत्र आफूसँगै रहेको बताएकी छन् ।