रामधुनीका संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीको हस्तलेखन प्रतियोगिता, नेपाली अंग्रेजी दुवैमा माउन्ट समिट प्रथम

रामधुनी । रामधुनी नगरपालिकाको आयोजनामा नगरका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीबीच हस्तलेखन प्रतियोगिता सन्चालन गरिएको छ ।

नगरका १८ वटा विद्यालयका ३६ जना विद्यार्थी बिच भएको अंग्रेजी र नेपाली हस्तलेखन प्रतियोगितामा दुवै तर्फ रामधुनी १ को माउन्ट समिट बोर्डिङ स्कुल प्रथम भएको छ ।

अंग्रेजी तर्फको हेण्डराइटिङ्ग प्रतियोगितामा माउन्ट समिटकी सदिक्षा चौधरी प्रथम, युनिक एकेडेमीका अर्पण श्रेष्ठ द्धितीय, सिद्धार्थ शिशु सदका सन्जु मण्डल तृतीय र लर्ड बुद्धकी प्राञ्जली सापकोटाले सान्त्वना पुरस्कार हात पारिन ।

यस्तै नेपाली हस्तकला तर्फ माउन्ट समिटकी विनिता रजक प्रथम, लर्डबुद्धकी प्राश्ना सेन्चुरी द्धितीय, युनिक एकेडमीकी दीपिका साह तृतीय र आरम्भ विद्या मन्दिरकी सेरिल चौधरीले चौथो स्थान हासिल गरी सान्त्वना पुरस्कार हात पारेको रामधुनी नगरपालिका शिक्षा शाखाका अधिकृत राजन गेलालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.