इटहरी । डाइवेटिज अहिले हाम्रो समाजमा धेरैलाई सताएको समस्या हो । कुनै न कुनै हिसावले सुगरको समस्याले ग्रसित भइरहेका छन् ।
सुगरकै गम्भिर रुपलाई डाइवेटिज भन्ने गरिन्छ । डाइवेटिज भएका बिरामीलाई के दिने त । विहान ६ देखि ७ बजे ओट्स, दुध, स्याउ, चना तथा अण्डा दिने तर सुगर फ्रि विस्कुट, पाउरोटी, कन्फ्लेक्स,पफ तथा दुनोट नदिने यसैगरी विहान ९ बजेदेखि १० बजेभित्र थोरै भात ,दाल, मासु, सागसव्जी दिने तर आलु, तरुल , पिडालु, सख्खरखण्ड अथवा धेरै भात नदिने ।
दिउँसो २ देखि ३ बजे भुजा, गेडागुडी , हाडेबदाम, मकैको फुल, भट्मास, , रोटी तरकारी तथा दहि दिने । म म , चाउमिन, जेरी पुरी नदिने । यस्तै साँझ ७ देखि ८ बजेसम्म रोटी दाल , साग सव्जी दिने तर धेरै भात, पिठो , आलु तथा प्याकेटको सुप नदिने ।