इटहरी । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी विरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता भएको छ ।
गत असार १० गते विराटनगर स्थित शिक्षादिप कलेजको एक कार्यक्रममा बोल्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले उच्च अदालतले सेटिग गर्ने गरेको बताएपछि अदालतको अवहेलना भएको भन्दै मुद्धा दर्ता भएको हो । अधिवक्ता उद्धवचन्द्र घिमिरे र उच्च अदालत विराटनगरका रजिस्टार दीपेन्द्रबाबु थपलियाले मन्त्री राजभण्डारीविरूद्ध मङ्गलवार मुद्दा दर्ता गरेका हुन् ।
राजेन्द्र राई मुख्यमन्त्री हुँदा नियुक्त भएका खेलकुद विकाश बोर्डका सदस्यसचिव हंसराज वाग्लेलाई मन्त्री राजभण्डारीले बर्खास्त गरेपछि अदालत पुगेका वाग्लेलाई अन्तरिम आदेश दिँदै हटाउन निर्णय कार्यान्वायन नगर्न भनेको थियो । अर्को फैसलामा अन्तरिम आदेशलाई नै निरन्तरता दिएको फैसला अदालतबाट भएपछि अदालले सेटिगं गर्ने गरेको बक्तव्य मन्त्री राजभण्डारीले सार्वजनिक गरेका थिए ।
अन्तरिम आदेश दिएको त्यही सन्दर्भलाई मन्त्री राजभण्डारीले ‘न्यायाधीशले पैसा खाएर स्टेअर्डर दिएको’ भनाई राखेका थिए । मन्त्रीले न्यायाधीशलाई फटाहा र कलङ्कको संज्ञा दिँदै प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवले पैसा दिएकै भरमा उनको पक्षमा फैसला गरेको भनाई मन्त्रीको थियो ।
न्यायाधीशको नाम किटान गरी संविधान र कानुनको उल्लङ्घन गर्दै अदालतको अवहेलना गरेकाले न्याय प्रशासन ऐन २०७५ को दफा १७ ९२० बमोजिमको कसुर भएकाले १ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना गर्न माग गरिएको छ ।