इटहरी । आफ्नो बैँक खातामा पैसा नभए पनि आईपिओ अर्थात साधारण सेयरमा आवेदन दिनेलाई कारवाहि गर्ने सिडिएस एण्ड क्लिएरिगं लिमिडेलले बताएको छ ।
घोराहि सिमेन्टमा फर्जि आवेदक भएको भनिएपछि सिडिएसले बैँक खाताभन्दा बढी आईपिओ भर्नेलाई कारबाहि गर्ने भएको हो । धितोपत्रको सार्वजनिक निष्कासनमा झुटा आवेदन दिएको भेटिएपछि सिडिएससीले कारबाहीको चेतावनी दिएको हो । घोराही सिमेन्ट आईपीओमा १ करोड २० लाख कित्ताभन्दा बढी फर्जी आवदेन परेपछि सीडीएससीले सोमबार सूचना जारी गरी सचेत गराएको हो ।
सीडीएससी द्वारा जारी सूचनामा भनिएको छ, ‘संगठित संस्थाले जारी गरेको सार्वजनिक निष्कासनमा आफ्नो बैंक खातामा मौज्दात नराखी वा खातामा मौज्दात रहेको भन्दा बढी रकमको आवेदन दिई संस्थाले जारी गरेको धितोपत्रको सार्वजनिक निष्कासनमा प्राप्त आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गरेमा सो कार्य धितोपत्रसम्बन्धी ऐन २०६३ अनुसार झुटा एवं जालसाजीयुक्त कारोबार हुने भएकाले यस्ता कार्य गर्ने व्यक्ति वा संस्थालाई सो ऐनअनुसार कानुनी कारबाही हुने व्यहोरा जानकारी गराउँदै यस किसिमको कार्य नगर्न नगराउनुहुन सम्बन्धित सम्पूर्णलाई सूचित गराइन्छ ।’
धितोपत्रको सार्वजनिक निष्कासनमा झुटा आवेदन परेमा धितोपत्रसम्बन्धी ऐन २०६३ अनुसार कारबाही हुनसक्छ । संगठित संस्थाले जारी गरेको सार्वजनिक निष्कासनमा आफ्नो बैंक खातामा मौज्दात नराखी वा खातामा मौज्दात रहेको भन्दा बढी रकमको आवेदन दिएमा झुटा आवेदन ठहर्नेछ ।
संस्थाले जारी गरेको धितोपत्रको सार्वजनिक निष्कासनमा प्राप्त आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गरेमा त्यसलाई झुटा एवं जालसाजीयुक्त कारोबार मानिने सीडीएससीले जनाएको छ ।
ऐनको दफा १०१ ९३० अनुसार जालसाजीयुक्त कारोबार गर्नेलाई १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनसक्नेछ । त्यस्तो कारोबारबाट कसैलाई हानी नोक्सानी भएमा क्षतिपूर्तिसमेत भराउने व्यवस्था ऐनमा छ ।