झुम्का । रामधुनी नगरपालिका वडा नम्बर १ मा जारी रामधुनी महोत्सवमा आज सोमबार गायक प्रमोद खरेल आउने भएका छन् ।
रामधुनी युवा क्लवको आयोजना, रामधुनी नगरपालिकाको सह आयोजना तथा गौतम बुद्ध एम्युजियमको व्यवस्थापनमा भइरहेको महोत्सवमा गायक प्रमोद खरेलको प्रस्तुती हुने भएको हो ।
प्रमोद खरेलसँगै भ्वाइस अप किड्सका फाइनलिष्ट इटहरीका रिजन डाँगी पनि दोस्रो पटक रामधुनी महोत्सवमा आउने भएका छन् । रिजनले भिडियो क्लिप मार्फत आफु गुरु प्रमोदको साथमा आउने बताएका हुन । महोत्सवमा भोली ५ गतेसम्म चल्ने छ ।