लियो जिल्ला परिषद ३२५”सी”को अध्यक्षमा नवराज सिह खडका

सुनसरी । लियो जिल्ला परिषद ३२५ सी को जिल्ला अधिबेशनबाट इटहरीका नवराज सिह खड्का निर्बिरोध निर्वाचित भएका छन ।

गत शनिवार इटहरीको लायन्स भवनमा भएको निर्वाचनबाट अध्यक्षका एकल उम्मेद्बार खड्का निर्विरोध निर्वाचित भएका हुन ।
लियोको जिल्ला परिषद उपाध्यक्षका रुपमा काम गरि सकेका उनि इटहरी सुनसरी लियो क्लबको अध्यक्ष हुँदै जिल्ला परिषदका विभिन्न पदहरुमा काम गरिसकेका थिए । आठ बर्षदेखि लियोमा आवद्ध उनि बिभिन्न कालखण्डमा बिभिन्न पदहरुमा काम गर्दै आएका हुन ।

निर्वाचित भएपछि खड्काले आफ्नो क्षेत्रमा रहेका लियो क्लबले गर्ने हरेक गतिविधिमा जिल्ला परिषदले पुलको काम गर्ने र सम्पुर्ण लियोमा लागेका युवालाइ नेतृत्वमा ल्याउन आफू कृयाशिल हुने गरि कार्य योजना बनाउने बताएका छन् ।

लियो लाई ब्रान्डिङ गर्दै समाजका अन्य युवाहरुलाई समेत लियो मा आकर्षण गर्न बिभिन्न योजनाहरु बनाएर चाडैँ सार्वजनिक गर्ने खड्काको भनाइृ छ । आफ्नो योजनामा सबैको साथ र समर्थन आफुलाइ प्राप्त हुने बिश्वास खड्काले व्यक्त गरेका छन् ।

त्यस्तै लियोको जिल्ला परिषद उपाध्यक्षमा लियो अब्बुबकर राइन निर्वाचित भए । राइन पनि बिगत लामो समय देखि लियोको अभियानमा लागेर सामाजिक काममा समर्पित ब्यक्ति हुन ।उनी सग प्रतिस्पर्धामा होमिएका मनोज तिवारी उप बिजेतामा सिमित भए ।

अध्यक्षमा निर्वाचित खड्काले अन्य पदहरुमा चाँडै नै मनोनयन गरी सार्वजनिक गर्ने जानकारी वेष्ट सन्चारलाई दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.