कोशी प्रदेशकै पहिलो पटक इलेक्ट्रोनिक्स, बाइक तथा स्कुटीको मेला इटहरीमा, यस्ता छन् अफर

इटहरी । समयको बदलावसँगै आफ्नै देशमा उत्पादन भएको विजुलीको प्रयोगले गुडाउन सकिने इलेक्ट्रोनिक्स बाइक तथा स्कुटी हरुको माग सम्बोधन गर्न पूर्वेली अटो मोटर्स ट्रेडर्स प्रालिले एक्सचेन्ज मेला नै आयोजना गरेको छ ।


भारतमा ८ बर्षको सफल परिक्षण पछि नेपाल आएको एभ्ट्रिक र रे मोटर्सका बाइक तथा स्कुटी हरु कोशी प्रदेशको लागि आधिकारीक विक्रेता पूर्वेली अटो मोटर्स ट्रेडर्स प्रालिले सुनसरीको इटहरीबाट बिक्रि सुरु गरेलगत्तै मेलाको आयोजना गरिएको हो ।

विद्युतीय बाइक तथा स्कुटीको प्रवद्र्धनका लागि कोशी प्रदेशमै पहिलो पटक यस्तो प्रकारको मेला आयोजना गरिएको कम्पनीले बताएको छ ।बढ्दो बिजुली गाडीको मागलाई सम्बोधन गर्न ३ बर्षसम्म ग्यारेन्टी भएका बिजुलीबाट चल्ने स्कुटी तथा बाइक ल्याइएको पुर्वेलीले बताएको छ ।
आज असार ४ गतेदेखि ८ गतेसम्म सन्चालन गरिएको एक्सचेन्ज मेलामा कुनै पनि पेट्राृेलबाट चल्ने गाडी ल्याएर बिजुलीबाट चल्ने गाडी लिएर जान सकिने प्रालिका प्रोप्राइटर रमेश खत्री बताउँछन् ।

२ लाख ६० हजार देखि ४ लाख सम्म मुल्य भएका विद्युतीय स्कुटी तथा मोटरसाइकल युवा देखि वृद्ध सबैले मनपराउने खालका रहेको र कम्पनीले हरेकको मोटर तथा व्याट्रिमा ३ बर्षको ग्यारेन्टी प्रदान गर्ने गरेको अर्का प्रोप्राइटर कैलाश कुमार विष्टले बताए ।

एउटा मोडलमा मोटरसाइकल र एभ्ट्रिकका २ र रे मोटर्सका २ मोडलका स्कुटी हरु पुर्वेलीसँग उपलव्ध रहेका छन् । मेलामा खरिद गर्दा एक बर्षसम्म निशुल्क सर्भिसिङ्ग, २० हजार नगद छुटका साथै निशुल्क हेल्मेट र बाइक कभर प्रदान गर्दै आएको बिक्रेताले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.