इटहरीको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले इटहरी १४ को श्री सार्वजनिक आधारभुत विद्यालयका विद्यार्थीलाई युनिफर्म तथा स्टेशनरी वितरण गरेको छ ।
विहिबार एक कार्यक्रमको आयोजना गर्दै किसान कल्याणले विद्यालयलाई एक सय थान टिसर्ट वितरण गरेको हो ।
संस्थाको बार्षिक कार्यक्रम अनुसार विपन्न तथा दलित विद्यार्थी अध्ययन गर्ने संस्थाका सदस्यका छोरा छोरी अध्ययन गर्ने सामुदायिक विद्यालयलाई टिसर्ट तथा स्टेशनरी का सामान हस्तान्तरण गरिएको साकोसका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले बताए ।
साकोसले सदस्यको जीवनस्तर उकास्ने विभिन्न कार्यक्रम आयोजना गरीरहेको र त्यसै अनुरुपको बार्षिक कार्यक्रम रहेकाले पोषाक वितरण गरिएको साकोका संचालक समिति उपाध्यक्ष नरेन्द्र श्रेष्ठ बताउँछन् ।
९३ जना विद्यार्थी अध्ययनरत विद्यालयमा विद्यालयको दश हजार १ सय रुपैँया र साकोसबाट सहयोग प्राप्त २० हजार रुपैँया गरेर विद्यार्थीलाई युनिफर्म बापतको टिसर्ट खरिद गरिएको विद्यालयका प्रध्यानाध्यापक गिरिराज निरौलाले जानकारी थिए ।
किसान कल्याणद्धारा सामुदायिक विद्यालयमा युनिफर्म वितरण
