इटहरी । नेकपा माओवादी केन्द्र रामधुनी नगर कमिटीको आयोजनामा रामधुनी ६ स्थित थारु बाबा खेल मैदानमा नगरस्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ ।
जनतासँग माओवादी भन्ने ३ महिने अभियान अन्तर्गत नेकपा माओवादी केन्द्रले आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटन पुर्व प्रदेश मन्त्री तथा नेकपा माओवादीका नेता जीवन आचार्यले गरेका छन् ।
खेलाडीका साथका बिभिन्न पार्टीका प्रतिनिधिहरुको सहभागितामा बिहिबार प्रतियोगिताको उद्घाटन गरिएको छ । पार्टीको अभियानमा रामधुनी नगरको नेतृत्व गरेर आएका जीवन आचार्यले यस अघि प्रशिक्षण, खेलमैदान सरसफाइ देखि लिएर बिभिन्न कार्यक्रममा सहभागिता जनाएका थिए ।
रामधुनी नगरक्षेत्रका बिभिन्न १० टिमको सहभागितामा शुरु भएको प्रतियोगिताको फाइनल खेल २२ गते कार्तिक हुने छ ।
खेल उद्घाटनको कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र बिक्रम बेघा सहित, रामधुनी नगरक्षेत्रका नेकपा माओवादीका नेता कार्यकता र उद्योगी व्यावसायी सहित स्थानीयहरुको समेत उपस्थिती रहेको थियो ।
बिहिबार भएको उद्घाटन खेल रामधुनी ७ स्थित जुली फुटबल क्लव कुमार खत र रामधुनी ३ फुटबल टिम बिच भएको दियो । उद्घाटन खेलमा जुली फुटबल क्लवले रामधुनी ३ लाई शुन्नेको विरुद्ध २ गोल गर्दै बिजयी भएको छ ।
शुक्रबारको खेल भासि युथ क्लव रामधुनी १ र जनचेतना युवा क्लव रामधुनी २ बिच हुने नेकपा माओवादी केन्द्र रामधुनी नगरकमीटी अध्यक्ष बलराम चौलागाईले बताए ।