राजन भट्टराई ।
झुम्का । नेकपा माओवादी केन्द्रको तीन महिने पार्टी शुद्धिकरण अभियान अन्तरर्गत पार्टीको रामधुनी नगर कमिटिले आयोजना गरेको नगरस्तरीय फुटबल खेलको उपाधि रामधुनी ७ ले हात पारेको छ ।
कार्तिक १६ देखि रामधुनी ६ ढेरिगाउँ स्थित थारु बाबा खेल मैदानमा सुरु भएको खेलको फाइनल खेलमा रामधुनी २ को जनचेतना युवा क्लबलाई हराउँदै रामधुनी ७ को जुडी फुटवल क्लव प्रतियोगिताको उपाधि चुम्न सफल भएको हो ।
खेलको पहिलो हापको २० मिनेटमा जुडी एफ सि का खेलाई मिलन भुजेलले पहिलो गोल दिलाउँदै आफ्नो टिमलाई अघि बढाएका थिए भने खेलको २५.५५ मिनेटमा जनचेतना युवा क्लवका खेलाडी आयुस चौधरीले आत्मा घाति गोल गर्दै जुडी एफ सि लाई दोस्रो गोल दिलाएका थिए । उता जुडी एफ सि का खेलाडी सौरव थापाले २७.१४ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई तेस्रो गोल दिलाएका थिए ।
खेलको दोस्रो हापमा भने दुवै टिमले कुनै गोल गर्न सकेनन् । खेलको म्यान अफ द म्याच जुडी एफ सि का खेलाडी समीर चौधरी घोषित भए ।
उपाधि विजेताले १५ हजार रुपैँया नगद सहित मेडल र प्रमाणपत्र पाएका छन् भने उपविजेता भएको रामधुनी २ को जनचेतना युवा क्लवले दश हजार नगद सहित मेडल र प्रमाणपत्र पाएको छ ।
सोमबार भएको सेमिफाइनल खेलमा आयोजक ए लाई १ गोल गर्दै जनचेतना युवा क्लब फाइनलमा पुगेको थियो भने सिसुवा फुटबल टिम रामधुनी ६ लाई १ गोल लगाएर रामधुनी ७ को जुडी एफ सि फाइनलमा पुगेको थियो ।