सातौँ दक्षिण कराँते च्याम्पियनसिपमा पदक जित्ने रामधुनीका तीन खेलाडीलाई बक्लौरी मा भव्य स्वागत

इटहरी । सातौँ दक्षिण एशियाली कराँते च्याम्पियनसिप प्रतियोगितामा रजत पदक जितेर रामधुनी नगरपालिकालाई नै चिनाउने खेलाडी तथा प्रशिक्षकलाई रामधुनी ६ बक्लौरी मा भव्य स्वागत गरिएको छ ।

बक्लौरी स्थित राइजिङ स्टार इंग्लिस स्कुलमा अध्ययनरत विद्यार्थीहरु रोजल थामि, मिदे शेर्पा र अमिर राई साथै उनीहरुका कराँते प्रशिक्षक भद्र साम्पागं राईको टोलीलाई विद्यालय तथा स्थानीय खेलकुद प्रेमीहरूले आइतबार विद्यालयमै भव्य स्वागत गरिएको हो । विद्यार्थीलाई विद्यालयबाट विद्यार्थी तथा गाउँलेको टोली बक्लौरी चोकसम्म आएर स्वागत गर्दै विद्यालयमा लगेका थिए ।

रामधुनी नगरपालिकाकै ऐतिहासिक उपलब्धि स्वरुप उनीहरुले फाइनल खेलसम्म पुगेर रजत पदक जित्दै राष्ट्रलाई नै चिनाउन सफल भएको राईजिगं स्टार इंग्लिस स्कुलका प्रिन्सिपल शिव कुमार राईले बताए ।

प्रतियोगितामा नेपालले २९ स्वर्ण २३ रजत ७ कास्य पदक जित्दै प्रथम स्थान हासिल गरेको थियो । मंसिर १२ देखि १७ गते काठमाडौंमा सम्पन्न भएको सातौं दक्षिण एशियाली खेलकुद कराते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उनीहरुले कराँतेको जुनियर काँता तर्फ आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । दक्षिण एशियाका ६ राष्ट्रको सहभागीतामा भएको खेलमा पाकिस्तान, भुटान, श्रीलंका, बङ्गलादेश ,भारत र नेपाल को टिम थियो।

प्रतियोगिताको दोस्रो दिन मा रामधुनी नगरपालिका वार्ड नं ६ को राइजिङ स्टार इंग्लिस स्कुलका खेलाडी हरुले जुनियर टिम काता तर्फबाट पहिलो खेलमा छिमेकी राष्ट्र भारतलाई पछि पार्दै फाइनलमा प्रवेश गरेका थिए भने बङ्गलादेश सँगको फाइनल खेलमा दोस्रो हुँदै देशका लागि रजत पदक जित्न सफल भएका थिए ।

खेलाडी तथा आफ्ना विद्यार्थीहरुको प्रस्तुतिबाट आफु अत्यन्त खुशी भएको राईजिगं स्टारका प्रिन्सिपल शिव कुमार राई बताउँछन् । यो नितान्त एउटा विद्यालयले गरेको लगानीबाट भएको उपलव्धी भएको सुनाउँदै प्रिन्सिपल राईले स्थानीय सरकारले खेल र खेलाडीको लागि लगानी गर्न आवश्यक रहेको बताए ।

एउटा विद्यालयको लगानीमा यति गर्न सकिन्छ भने स्थानीय सरकारले खेलमा चासो देखाएर लगानी गर्नेको भने धेरै उपलव्धी हासिल गर्न सकिने प्रिन्सिपल राईको भनाई छ । रामधुनीका लागि मात्रै नभई देशकै लागि समेत ठुलो उपलव्धी भएको बताउँदै राईले खेलाडीहरुलाई भव्य कार्यक्रमको आयोजना गरेर सम्मान गर्ने कार्यक्रम रहेको बताएका छन् ।

सातौँ दक्षिण एशियाली कराँते च्याम्पियनसिप खेलेका खेलाडीहरु आइतबारमात्र रामधुनी आएका हुन । कराँते गुरु भद्र साम्पागं राईले उनिहरुलाई विद्यालयमा प्रशिक्षण दिने गरेका थिए । विगत ४ बर्षदेखि राइृजिंगं स्टारले विद्यालयमा नियमित कराँते कक्षा सञ्चालन गरेर आफ्ना विद्यार्थीलाई सिकाउँदै आएको छ ।

खेलाडीलाई हौसला दिन रामधुनी नगरपालिकाकी उपमेयर सहितको टोली काठमाण्डौ पुगेको थियो । नगरपालिकाले चाँडै एक कार्यक्रमको आयोजना गरेर उनिहरुलाई सम्मान गर्ने उपमेयर तारा थापाले आइतबार नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उद्घोष गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.