रामधुनी । नेकपा माओवादी केन्द्र रामधुनी नगर कमिटीको आयोजनामा रामधुनी ६ स्थित थारु बाबा खेल मैदानमा भइरहेको प्रथम थारु बाबा फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा रामधुनी २ को जनचेतना फुटबल क्लव र रामधुनी ६ को सिसुवा फुटबल क्लव विजयी भएका छन् ।
जनतासँग माओवादी भन्ने नारासहित नेकपा माओवादी केन्द्रले सुरु गरेको ३ महिने शुद्धिकरण अभियान अन्तर्गत बिहिबारबाट शुरु भएको फुटबल प्रतियोगिताको पहिलो खेल रामधुनी ७ ले जितेको थियो ।
शुक्रबार भएको दोस्रो दिनको खेलमा २ वटा प्रतियोगिता भएका थिए । पहिलो प्रतियोगितामा भासि युवा क्लव रामधुनी १ लाई ० को विरुद्ध १ गोल लगाउँदै जनचेतना युवा क्लव रामधुनी २ ले जित निकालेको थियो भने दोस्रो खेलमा आदर्श क्लव रामधुनी ४ लाई हराउँदै रामधुनी ६ को सिसुवा फुटबल क्लवले जित निकालेको थियो ।
सिसुवा फुटबल क्लवले २ गोल गर्न सफल भयो भने आदर्श क्लव रामधुनी ४ सुन्नामै सिमित रहयो ।
भोलिको खेल आयोजक ए सँग धुराहा फुटबल क्लव र जुली फुटबल क्लवसँग आयोजक बि बिच हुने आयोजक नेकपा माओवादी केन्द्र रामधुनी नगर कमिटीले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कार्तिक २२ गते हुनेछ ।