२०६९ सालमा मलेसिया गएका खोटाङको तत्कालिन साउनेचौर ७ का मनोज निरौला अहिलेसम्म फर्किएनन्। खोजी गरिदिन  आग्रह।

 २०६९ सालमा मलेसिया गएका खोटाङको तत्कालिन साउनेचौर ७ का मनोज निरौला अहिलेसम्म फर्किएनन्। खोजी गरिदिन आग्रह।

खोटाङ  । जिल्लाको बराहापोखरी गाउँपालिका वडा नं ३ अर्थात् तत्कालिन साउनेचौर गाविस वडा नं। ७ का मनोज निरौला रमेश चार वर्षदेखि घरपरिवारको सम्पर्कबाट समेत बाहिर रहेको भन्दै परिवारले खोजी गरिदिन आग्रह गरेको छ। परिवारका जेठा छोरा मनोज बैदेशिक रोजगारीका लागि २०६९ साल फागुन २६ गते मलेसिया गएका थिए। निरौला २०७८ असोज २४ गतेदेखि घर, परिवार र आफन्तको सम्पर्कमा समेत आएका छैनन्, जसले परिवारमा चिन्ता थपिएको छ। मनोजका बुवा गंगा प्रसाद निरौलाले मलेसियास्थित नेपाली राजदूतावासलाई पत्र लेखेर आफ्नो छोराको खोजी गरिदिन आग्रह गरेका छन्। बुवाले राजदूतावासलाई खोजतलास गरी नेपाल पठाउने व्यवस्था गरिदिन समेत सहयोगको माग गरेका छन्। नेपाली दुतावासमा पठाइएको पत्र…
Read More
नेपाल फेस्टिवल २०२५स् युएईको दुवईमा ऐतिहासिक सफलता र सांस्कृतिक धरोहरको उत्सव

नेपाल फेस्टिवल २०२५स् युएईको दुवईमा ऐतिहासिक सफलता र सांस्कृतिक धरोहरको उत्सव

प्रकाश बन्जरा । आइतबार अप्रिल २०, २०२५ मा युएईको दुवई स्थित क्रिक पार्कमा नेपाल फेस्टिवल एक ऐतिहासिक सम्पन्न भएको छ। नेपाली राजदुतावास युएईको संकक्षकत्वमा र गैह्र आवासिय नेपाली संघ तथा युएईमा रहेका विभिन्न जातीय तथा जिल्ला संस्थाहरुको सहकार्य र समन्वयमा आयोजित यस फेस्टिवलले सांस्कृतिक, व्यापारिक र पर्यटन क्षेत्रका सबै आयाममा महत्वपूर्ण स्थान बनाएको प्रतिक्रिया प्राप्त भएका छन् । यो फेस्टिवल मध्यपूर्व क्षेत्रमा पहिलो पटक यसरी व्यापक रूपमा आयोजना गरिएको थियो, जसको सहभागिता र सफलता यस क्षेत्रका लागि एक नयाँ मापदण्ड तय गर्ने जस्तो भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । नेपाल फेस्टिवलमा ४०,००० भन्दा बढी नेपाली र विदेशी नागरिकहरुले सहभागीता जनाएका…
Read More
दुवईमा नेपाल फेस्टिवल अप्रिल २० तारिख , इसेवा मनिट्रान्सफरको पनि स्टल रहने

दुवईमा नेपाल फेस्टिवल अप्रिल २० तारिख , इसेवा मनिट्रान्सफरको पनि स्टल रहने

दुबई, यूएई । नेपाली राजदुतावास युएइको संरक्षकत्वमा सयुक्त अरव ईमिरेट्स युएईमा यहि अप्रिल २० तारिख हुने नेपाल फेस्टिवल २०२५ मा ई सेवा मनि टान्सफरको समेत स्टल रहने भएको छ । नेपाल फेस्टिभल २०२५ “नेपाली कला, संस्कृति, खेलकुद, पर्यटन, व्यापार तथा नेपाली पहिचानको उत्सव” नाम दिइएको उक्त फेस्टिवलमा आफ्ना ग्राहकलाई ईसेवाको सम्पुर्ण जानकारी दिने उदेश्यले स्टल राख्न लागिएको ईसेवा मनि ट्रान्सफरका रिलेसनसिप म्यानेजर इश्वर अधिकारीले बताएका छन् ।स्टलमा सहभागी सम्पूर्ण प्रवासी नेपालीहरूले ईसेवा मनि टान्सफर सम्बन्धी सम्पूर्ण जानकारी, दर्ता र सेवाहरूको विवरण प्राप्त गर्न सक्ने बताइएको छ । ईसेवा मनिट्रान्सफरका ग्राहकहरुले रेमिटेन्स विवरण देखाउँदै विशेष पुरस्कारहरू प्राप्त गर्ने मौका समेत पाउनेछन्।…
Read More
सहयोगबाटै बन्दैछ इटहरीमा मंगल राधिका षडानन्द हस्पिटल

सहयोगबाटै बन्दैछ इटहरीमा मंगल राधिका षडानन्द हस्पिटल

इटहरी : नयाँ वर्ष २०८२ सालदेखि मंगल–राधिका–सदानन्द–प्रणामी अस्पताल सञ्चालनमा आउने भएको छ । इटहरी अस्पताललाई नै स्रोत–साधन र जनशक्ति थप गर्दै सुविधा सम्पन्न बनाउने अभियान चलिरहेपनि श्री कृष्ण प्रमाणी मन्दिर मुक्तिधामको ४६ औं वार्षिक उत्सवकै सन्दर्भमा नयाँ अस्पताल सुरू गर्न लागिएको मंगलबार आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिइयो । पहिलो चरणमा १५ बेडको अस्पताल सञ्चालन गरिने र क्रमशः स्तर बढाएर १० वर्षभित्रमा पाँच सय बेडको पु¥याउने लक्ष्य राखिएको नेतृत्वकर्ता हेमप्रसाद घिमिरेले बताए । उनका अनुसार १५ बेडसम्मको अस्पतालको स्वीकृतिका लागि स्थानीय सरकारले नै अनुमति दिएकाले तत्काल उक्त संख्याको बेड सञ्चालन गरिने र पछि स्तर वृद्धि गरिने भएको हो । अहिलेसम्म अस्पताल…
Read More
‘एचपिभी’ खोप अभियान–२०८१ : रामधुनीका स्वास्थ्यकर्मीलाई तालिम

‘एचपिभी’ खोप अभियान–२०८१ : रामधुनीका स्वास्थ्यकर्मीलाई तालिम

पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान–२०८१ अन्तर्गत रामधुनी नगरपालिका भित्र खोप दिने स्वास्थ्यकर्मीहरुलाई तालिम दिइएको छ । आइतबार र सोमबार दुई दिन स्वास्थ्य शाखाको आयोजनामा तालिम दिइएको हो । कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपाल आइपिभी अफिसर अनिता बस्नेत र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक डा. विशाल गुरुङ लगायतले तालिम प्रदान गरेका छन् । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत एचपिभी खोप अभि न आजदेखि फागुन ६ गतेसम्म देशव्यापी रुपमा सञ्चालन भएको छ । उक्त अभियान पालिकाले ७ देखि १० दिनसम्म सञ्चालन गर्नेछ । त्यसै अन्तर्गत रामधुनीमा भोलिदेखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुने नगर स्वास्थ्य शाखाका सह–संयोजक नगेन्द्र पौडेलले…
Read More
अन्तर्राष्ट्रिय नेपाली समाजले भानु जयन्तीमा भर्चुअल कविता प्रतियोगिता गर्ने

अन्तर्राष्ट्रिय नेपाली समाजले भानु जयन्तीमा भर्चुअल कविता प्रतियोगिता गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज इन्स अन्तर्गतको भाषा साहित्य समितिले आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ । समितिले आगामी ३० गते शनिबार अपराह्न ४ बजे भर्चुल माध्यमबाट कविता प्रतियोगिता आयोजना गर्न लागेको हो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष तथा उपकुलपति एवम् नेपाली भाषा विज्ञ प्रा डा सुधा त्रिपाठीको प्रमुख आतिथ्यतामा हुन लागेको कार्यक्रममा आदिकवि आचार्यको सम्झनामा विभिन्न रचना वाचन समेत गरिने इन्स भाषा साहित्य समितिकी अध्यक्ष डा. जानुका पौडेलले जानकारी दिएकी छन् । नेपाली भाषा साहित्यमा योगदान पुर्याएका आचार्यलाई सम्मान स्वरुप कार्यक्रम गर्न लागिएको अध्यक्ष पौडेलले बताइन् । इन्सले गतवर्ष पनि भानु…
Read More
दुवईमा गजलकार सुमित्रा सुमिको विशेष प्रस्तुती हुने

दुवईमा गजलकार सुमित्रा सुमिको विशेष प्रस्तुती हुने

प्रकाश बन्जरा । युएई । लामो समयदेखि साहित्य लेखन विशेषत गजलमा गतिविधिमा निक्कै सक्रिय देखिएकी साहियकार सुमित्रा सुमि दुवई आउने भएकी छन् । आउनु भएकी कविरगजलकार तथा कार्यक्रम प्रस्तोता सुमित्रा सुमी साहित्यिक कार्यक्रमका लागि युएई आउने हुनु भएको छ । युएईमा रहेको नुवाकोट सेवा समाजले आयोजना गर्न लागेको “बृहत् साहित्यिक कार्यक्रम ९२०२४” मा आयोजकको निमन्त्रणालाई स्विकार गर्दै गजलकार सुमि दुवई आउन लागेकी हुन । कार्यक्रम आगामी जुलाई २८ तारिख आइतबारका दिन युएईको वरदुबईमा हुने बताइएको छ  भने कार्यक्रमको सहआयोजकको रुपमा युएईका नेपाली श्रष्टाहरुको समुह सिर्जना वाचन डवली समेत छ । कार्यक्रम वरदुबई स्थित ब्लु प्यालेस रेस्टुरेन्ट, आब्रामा आइतबार दिउँसो १…
Read More
योगदान राष्ट्रका लागि अभियानद्वारा दुवईमा वित्तीय चेतना सहित भव्य कार्यक्रम, बैधानिक रेमिट्यान्स गर्ने २ सम्मानित

योगदान राष्ट्रका लागि अभियानद्वारा दुवईमा वित्तीय चेतना सहित भव्य कार्यक्रम, बैधानिक रेमिट्यान्स गर्ने २ सम्मानित

प्रकाश बन्जरा । युएई । योगदान राष्ट्रका लागि अभियानले आइतबार सयुक्त अरव इमिरेट्स युएईको दुवईमा प्राथमिक उपचार, वित्तीय सचेतना सहित नेपाली दुतावासको उपस्थितीमा भव्य चेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । नायक निखिल उप्रेती तथा रमेश उप्रेती समेतको उपस्थितीमा गरिएको कार्यक्रममा मोटिभेसनल कार्यक्रममा नायकद्धयको प्रस्तुतिलाई रोचक रुपमा हेरिएको थियो भने कार्यक्रमको मुख्य आकर्षण नै उनीहरु रहेका थिए । कार्यक्रममा युएईको सरकारका प्रतिनिधि सहित युएईका लागि नेपाली राजदूतावासबाट राजदुत सहितको उपस्थिती रहेको थियो । अलकुज, सोनापुर लगायत दुवईको नेपाली कामदारको घना वस्ति क्षेत्रबाट समेत कार्यक्रममा सहभागि हुन नेपालीहरु आएका थिए । बरदुवईको व्लु प्यालेस रेष्टुरेन्टको हलमा खचाखच भरिएका सहभागीलाई नेपाली राजदूतावासका…
Read More
कवि नवराज पराजुलीले गरे युएईको दुवईमा एकल कविता कन्सर्ट, कवि भवानी नेपाल सम्मानित

कवि नवराज पराजुलीले गरे युएईको दुवईमा एकल कविता कन्सर्ट, कवि भवानी नेपाल सम्मानित

प्रकाश बन्जरा । युएई । युवा पुस्ताले मन पराएका कवि नवराज पराजुलीको एक कविता कन्सर्ट सयुक्त अरव ईमिरेट्स युएईको दुवईमा आइतबार सम्पन्न भएको छ । कविता यात्रामै झण्डै ५ महिना अमेरिकामा विताएर नेपाल फर्किँदै गर्दा युएईको दुवईमा रहेको सिर्जना वाचन डवलीले कवि पराजुलीको कविता कन्सर्ट जुराएको हो । कवि पराजुलीले आफ्ना चर्चित कविता मध्ये , ह्याप्पि बर्थडे, सगरमाथाको गहिराई, बामपन्थि लभ लगायतका कविता वाचन गरेर दर्शकलाई मनोरन्जन दिएका थिए । धेरै जसो कलाकार बोलाएर सांस्कृतीक कार्यक्रम आयोजना गरिने दुवईमा भएको यो कार्यक्रममा नेपाली राजदुतावास युएईका राजदुत महामहिम तेजबहादुर क्षेत्री प्रमुख श्रोताको रुपमा उपस्थित थिए भने नेपाली दुतावासका श्रम सहचारी समेत…
Read More
कवि नवराज पराजुलीको कविता कन्सर्ट दुवईमा पनि हुने , पराजुलीको दुवईमा दोस्रो कविता यात्रा

कवि नवराज पराजुलीको कविता कन्सर्ट दुवईमा पनि हुने , पराजुलीको दुवईमा दोस्रो कविता यात्रा

प्रकाश बन्जरा । कविता भनेरै बहु चर्तित बनेका कवि नवराज पराजुली कविता भन्नकै लागी युएईमा दोस्रो पटक आउने भएका छन् । ६ बर्ष अघि कविता कन्सर्ट गर्न युएई आएका कवि पराजुलीलाई युएईमा सक्रिय साहित्य मनहरुको समुह सिर्जना वाचन डवलीले दोस्रो पटक दुवई ल्याउन लागेको हो । कविता वाचन गरेरै युवा पुस्ताको मन चोरेका कवि पराजुली विभिन्न देशमा कविता कन्सर्ट गर्दै हिडिरहेका छन्  । कवि  पराजुलीको युएईमा फेरि एकपटक कविता कन्सर्ट हुने भएको छ । पछिल्लो समयका युवा पुस्ताका सर्वाधिक चर्चित कवि पराजुली कविता यात्राकै क्रममा सयुक्त अधिराज्य अमेरिका छन् । उनी अमेरिकाबाट सिधै दुवई आउन लागेका हुन । युएईको नेपाली…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.