प्रकाश बन्जरा ।
कविता भनेरै बहु चर्तित बनेका कवि नवराज पराजुली कविता भन्नकै लागी युएईमा दोस्रो पटक आउने भएका छन् । ६ बर्ष अघि कविता कन्सर्ट गर्न युएई आएका कवि पराजुलीलाई युएईमा सक्रिय साहित्य मनहरुको समुह सिर्जना वाचन डवलीले दोस्रो पटक दुवई ल्याउन लागेको हो ।
कविता वाचन गरेरै युवा पुस्ताको मन चोरेका कवि पराजुली विभिन्न देशमा कविता कन्सर्ट गर्दै हिडिरहेका छन् । कवि पराजुलीको युएईमा फेरि एकपटक कविता कन्सर्ट हुने भएको छ । पछिल्लो समयका युवा पुस्ताका सर्वाधिक चर्चित कवि पराजुली कविता यात्राकै क्रममा सयुक्त अधिराज्य अमेरिका छन् । उनी अमेरिकाबाट सिधै दुवई आउन लागेका हुन ।
युएईको नेपाली साहित्यिक गतिविधिमा निक्कै सक्रिय रहँदै आएको सिर्जना वाचन डबलीले आगामी जुन ३० तारिख आइतबार कवि पराजुलीलाई सुनाउने कार्यक्रम रहेको छ । कवि पराजुलीको कविता कन्सर्ट बरदुवईको काष्ठमाण्डप होटलको क्लव एसके सेभेनमा हुने आयोजक समुहले बताएका छन्
।
कवि पराजुली सन् २०१८ मा सिर्जना वाचन डवलीकै आयोजनामा कविता कन्सर्टको लागि युएई आएका थिए । २ महिना अघिमात्रै गजलकार रोहित रानालाई बोलाएर बिशेष सम्मानका साथ युएईलाई गजलमय बनाएको सिर्जना बाचन डवलीले विभिन्न समयमा बिभिन्न साहित्यकर्मीलाई बोलाएर कार्यक्रम आयोजना गर्ने गरेको छ ।
कार्यक्रमको मिडिया पार्टनरको रुपमा साहित्यपोस्ट रहेको छ । त्यसैगरी, भेन्यु पार्टनरको रुपमा Club SK7, हस्पिटालिटी पार्टनरको रुपमा काष्ठमण्डप रेस्टुरेन्ट, कन्सल्टेन्सी पार्टनरको रुपमा युनिभर्सल ब्लु ओसन कन्सल्टेन्सी, ट्राभल पार्टनरको रुपमा नमस्ते ट्राभल एण्ड टुरिजम, र सहयोगीको रुपमा घान्तूत स्टार रेस्टुरेन्ट तथा घान्तूत नेपाली क्याफे वरदुबई रहेका छन् ।