आरम्भ बिधा मन्दिरको स्काउट क्याम्प- कमाण्डो बृज देखि क्याम्प फायर सम्म
रामधुनी : रामधुनी ५ सुनसरीमा रहेको आरम्भ बिधा मन्दिरले दुई दिने स्काउट क्याम्प आयोजना गरि शनिबार यहाँ सम्पन्न भएको छ । नेपाल स्काउट कोशी प्रदेश अन्तर्गत रहेकोे आरम्भ स्काउट दलको आयोजनामा क्याम्प भएको थियो । समापन समारोहमा प्रमुख अतिथी रहनु भएका रामधुनी नगरपालिकाकि उप प्रमुख तारा थापाले बिपद परेको बेला मानबिय सेवामा उद्दारको भावना लिइ काम गर्दै आएको परोपकारी सस्था स्काउट रहेको र आफनो क्षेत्रमा स्काउटको ट्रुप सन्चालन हुनु प्रसम्सनिय रहेको बताउनु भयो । उहाले स्काउटमा अनुशासन अपरिहार्य छ, अनुशासन बिद्यार्थीको गहना भएकोले यसलाइ सदैब जोगाइ राख्नु पर्नेमा जोड दिनुपर्ने धारणा राख्नु भएको थियो । बिधालयका प्रधानाध्यापक बिमल बरालले आधुनिक…
