विराट–बर्जु हाफ म्याराथन : च्याम्पियन बने नरेन्द्र र रेखा
कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित ‘विराट–बर्जु हाफ म्याराथन’ प्रतियोगितामा नेपाली सेनाका नरेन्द्र सिंह रावल प्रथम बनेका छन् । म्याराथन धावक सिंहले निर्धारित मोरङ विराटनगरको विराट राजाको दरबारस्थल भेडियारीबाट सुनसरीको बर्जु तालसम्मको २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८ सेकेण्डमा पार गर्दैं प्रथम बनेका हुन् । उक्त म्याराथनको दोस्रो स्थान पनि नेपाली सेनाका सुशील कुमार शाही भए । उनले १ घण्टा १८ मिनेटमा २३ किलोमिटर दूरी पार गरेका थिए भने तेस्रो स्थानमा भने वैतडीका म्याराथन धावक मोहनदेव जोशी बने । उनले उक्त दूरी १ घण्टा १८ मिनेट ३३ सेकेण्डमा पुरा गरेका थिए । यस्तै चौथोमा नेपाली…
