इटहरी । इटहरीमा रहेको ग्लोवल आईएमई बैँकले असुलीका नामका व्यावसायीको मानमर्दन हुनेगरी काम गरेको भन्दै इटहरी उद्योग बाणिज्य संघले विरोध जनाएको छ ।
आज सोमबार इटहरीका व्यापार तथा व्यावसाय बन्द गर्दै बैंकिङ्ग गुण्डागर्दीको विरोध गर्ने भएको हो । ग्लोवल आईएमई बैंक इटहरी शाखाले आइतबार इटहरीकै व्यावसायीकोमा गई गुण्डागर्दी शैलीमा सामान जफत गरेको भन्दै त्यसको विरोध स्वरुप व्यापार व्यावसाय बन्द गर्न लागिएको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले बताएका छन् ।
उनले आइतबार एक विज्ञप्ती सार्वजनिक गर्दै बैँकले व्यापारीकोमा हातहतियार सहित प्रवेश गरी असुलीको नाममा मानमर्दन हुने गरी सामान जफत गर्ने उदेश्यले गरेको व्यावहारबाट व्यवसायीहरु यसबाट आक्रोसित भएको बताएका छन् ।

