एक बर्षभित्र रामधुनीलाई तरकारीमा आत्मनिर्भर नगर घोषणा गरिने

इटहरी । रामधुनी नगरपालिकाले आगामी एक बर्षभित्र तरकारीमा आत्मनिर्भर नगर घोषणा गर्ने नीति अघि सारेको छ ।

आइतबार नगरको १४ औँ नगरसभामा आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख शंकरलाल चौधरीले अर्गानिक तरकारी उत्पादनलाई नगर भरी बिशेष अभियानका साथ सन्चालन गर्दै एक बर्षभित्र नगरलाई तरकारीमा आत्मनिर्भर बनाउने बताएका हुन ।

नगरपालिकाभित्रको कृषियोग्य जमिनको पहिचान गर्दै कृषि उत्पादनको क्षेत्रको बिविधिकरण तथा विशिष्टीकरण गर्ने नगरको नीति रहेको नगरप्रमुख चौधरीले बताए ।  नगरले एक घर एक करेसाबारी भन्ने नाराका साथ तरकारी उत्पादनको प्रशस्त सम्भावना रहेको सबै वडालाई तरकारी उत्पादनमा आत्मनिर्भर बनाउने नीति लिने बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.