खेलकुदमा रामधुनी, मेयरकप फुटवल देखि उपमेयर कप भलिबलसम्म

झुम्का । रामधुनी नगरपालिकाले खेलकुदका क्षेत्रमा गतबर्ष भन्दा बजेट वृद्धि गरेको छ ।

कराँते, फुटवल, भलिबल,क्रिकेट तथा ब्याड्‌मिन्टन शिर्षकमा बजेट छुट्टाइएको छ । आगामी आर्थिक बर्षको बजेट वक्तव्य सार्वजनिक गर्दै उपमेयर तारा थापाले मेयर कप फुटबलका लागि ३ लाख बजेट विनियोजन गरेको बताइन भने उपमेयर कप भलिबललाई १ लाख, कोशी प्रदेश स्तरिय मेयर कप ब्याडमिन्टनलाई २ लाख ५० हजार रुपैँया, नगरस्तरीय ब्याड्‌मिन्टन प्रतियोगितालाई १ लाख रुपैँया बजेट विनियोजन गरिएको बताइन ।
यस्तै कराँते प्रतियोगीताको लागि ४ लाख ५० हजार बिनियोजन गरिएको छ भने नगरस्तरीय उपमेयर क्रिकेट प्रतियोगिता गर्नका लागि १ लाख रुपैँया बिनियोजन गरिएको छ ।

रामधुनी नगरपालिकाले सुनसरी नकआउट फुटवल प्रतियोगिताको लागि ५० हजार, खेलकुद प्रतियोगिताको लागि सामाग्री खरिदमा ५० हजार र बिभिन्न प्रतियोगितामा खेलाडी पठाउनका लािग ५० हजार रकम विनियोजन गरेको छ । यस्तै राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगिता सन्चालनका लागि १ लाख रुपैँया रकम विनियोजन गरिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.