इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको मातृशिशु महिला बचत तथा ऋण सहकारी संस्थामा इटहरी उपमहानगरपालिकाको सहकारी शाखाले अनुगमन गरेको छ ।
आइतबार अपरान्ह उपमहानगरको सहकारी शाखाका प्रमुख बालकुमार पोखरेलको नेतृत्वको टोलीले सहकारीमा अनुगमन गरेको थियो । टोलीमा सहकारी शाखाका सुमन पौडेल, जिल्ला बचत संघ सुनसरीकी अध्यक्ष योगमाया सुवेदी, जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगा प्रसाद दाहाल, जिल्ला कृषि सहकारी संघ सुनसरीका अध्यक्ष भोला काजी बस्नेत, नगर सहकारी संघ सम्वन्यय समितिको संयोजक शम्भु श्रेष्ठ सहितको टोली रहेको बताइएको छ ।
अनुगमनको क्रममा सहकारीमा बचत तथा ऋण र तरलताको अवस्था राम्रो पाइएपर्नि ऐन नियम पालना गर्न नभ्याएको जस्तो देखिएको अनुमगन अधिकारीले बताएको छन् ।
ऋण लगानीमा प्राथमिक पुजी कोषको १० प्रतिशत भन्दा बढी रकम एक जनालाई दिन नमिल्ने , बिना धितो ऋण प्रवाहलाई प्रोत्साहन गर्ने नहुने जस्तो सहकारीका मापदण्डलाई समेत ख्याल नगरेजस्तो पाइएको बताइएको छ ।
साधारण सभा र निर्वाचन समेतको तयारी भएपनि निर्वाचन समिति नबनाइएको पाइएकोले सहकारी ऐन बमोजिम साधारणसभा गर्न संस्थालाई निर्देशन दिइएको बताइएको छ ।

अनुगमनका क्रममा अनुमगन अधिकारीलाई आवश्यक जानकारी दिनका लागि संस्थाका अध्यक्ष , व्यवस्थापक लगायतका पदाधिकारी उपस्थित रहेका अनुमगन अधिकारीले जानकारी दिएका छन् ।

