बचत संघ सुनसरीको सोह्रौँ बार्षिक साधारणसभा सम्पन्न, प्रद्यानलाई सहकारी अभियान्ता पुरस्कार, बचतमा शान्तिनगर नारी र सेयर बचतमा जनकल्याण सम्मानित

प्रकाश बन्जारा ।

इटहरी । बचत तथा ऋण सहकारी संघ सुनसरीकी निवर्तमान महिला उपाध्यक्ष बिमला प्रद्यानले सहकारी अभियान्ता सम्मान पाएकी छन् । बचत तथा ऋण सहकारी संघ सुनसरीको शनिवार सम्पन्न १६ औँ बार्षिक साधारण सभाले प्रद्यानलाई सहकारी अभियान्ता सम्मानबाट सम्मानित गरेको हो ।

भारी बर्षाका बिच भएको साधारणसभामा उत्कृष्ट साकोस पुरस्कार बहुभाषी बचत तथा ऋण सहकारी संस्था तरहराले प्राप्त गरेको थियो भने उत्कृष्ठ साकोस कर्मचारी पुरस्कार निशान साकोस धरानकी व्यवस्थापक सोभा धमलालाई प्रदान गरिएको थियो ।

संघकी अध्यक्ष योगमाया सुवेदीको सभापतित्वमा सम्पन्न साधारणसभामा उत्कृष्ट बचत जम्मा गर्ने सकासो पुरस्कार शान्तिनगर नारी साकोस इटहरीलाई प्रदान गरिएको थियो। त्यस्तै उत्कृष्ठ सेयर बचत गर्ने साकोस जनकल्याण साकोस दुहवीलाईपनि सम्मान गरिएको थियो ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य गणेश ढकालको प्रमुख आतिथ्यतामा भएको संघको साधारण सभामा प्रदेश सहकारी रजिष्टार कार्यलय इनरुवा सुनसरीका निमित्त रजिष्टार हरि बहादुर खत्री विशिष्ट अतिथिको रुपमा उपस्थित भएका थिए ।

बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संघकी सचिव गोमा गिरीले संघमा आवद्ध हुन बाँकी रहेका सहकारी संस्थाहरुलाई संघमा आवद्धता गराई प्रारम्भिक साकोसहरुको एकीकरण गर्नुपर्ने बताइन ।

संघले आगामी निती तथा कार्यक्रममा सम्पति बृद्धि, सेयर पुँजी बृद्धि, संस्थागत पुँजी बृद्धि, बचत बृद्धि, ऋण लगानीमा बृद्धि गर्ने, सञ्चालन खर्चलाई ५ प्रतिशत भन्दा कम कायम गर्ने, नीति लिएको बताइएको छ । संस्थाले तालिम, गोष्ठी र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, साझेदारी कार्यक्रमलाई निरन्तरता दिने लगायतका कार्यक्रमहरु प्रतिवेदनमा समावेश गरेको छ ।

संघले गत आर्थिक बर्षमा ५ करोड १० लाख ७४ हजार ७६७ रुपैया ९० पैसा निक्षेप संकलन गर्दै ४ करोड ३३ लाख ०१ हजार ७११ रुपैया ऋण लगानी गरेको छ रहेको छ भने सेयर पुँजी ४९ लाख ५२ हजार ५ सय रुपैया रहेको छ । संघको जगेडा कोषमा ७ लाख ५२ हजार रुपैँया रहेको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

संघले आर्थिक बर्ष २०८० र ०८१ मा शेयर पुँजी बढाएर ७५ लाख ५० हजार पुर्याउने लक्ष्य लिएको छ संस्थागत बचत तथा व्यवस्था १३ लाख ९६ हजार ४८८ रुपैया, बचत ५ करोड ८७ लाख, १० हजार ३७४ रुपैया पुर्याउने लक्ष्य लिएको छ ।

३५५ वटा प्रारम्भिक साकोसहरु रहेकोमा सुनसरीमा जम्मा २९२ वटा साकोसहरु बचत तथा ऋण सहकारी संघमा छन् । कार्यक्रममा प्रमुख अतिथि ढकाल, नेफ्स्कून सञ्चालक गोमा नेपाल जिल्ला बचत संघ सुनसरीका अध्यक्ष गंगा प्रसाद दाहाल, बचत संघ मोरङका बरिष्ठ उपाध्यक्ष एकराज निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश सहकारी रजिष्टार कार्यलयका प्रमुख हरि बहादुर खत्रीले सहकारीमा सहकार्य नहुदा समस्या आएको बताए उनले कोशी प्रदेशका १० वटा संघ खारेजीको प्रक्रियामा रहेको समेत खुलाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.